रौतहटमा ७५ वर्षीय वृद्धको हत्या

16.8k Shares

रौतहट, ११ जेठ  । रौतहट देवाही गोनाही नगरपालिका वडा नम्बर १ स्थित करूनिया गाउँका  ७५ वर्षीय शेख तैयबको हत्या भएको छ ।  उनको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन।  इलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख इन्सपेक्टर गोबिन्द साहले भने मृतक शेख तैयवको टाउकोमा गम्भीर खत देखिएको बताए ।  

उनको शव पोर्टमार्टका लागि पठाइएको र रिपोर्ट आएपछि गोली लागेको वा अन्य हतियार प्रयोग भएको भन्नेबारे खुल्ने जानकारी दिए । देवाहि गोनाही १ करूनियाबाट लक्षमिनिय जाने बाटो छेउमा आज बिहान उनको शव फेला परेको इन्स्पेक्टर साहले बताए । तैयबको गए रातिनै कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।  आज बिहान स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको साहले जानकारी दिए ।  

सम्बन्धित समाचार