काठमाडौ, ११ जेष्ठ । काठमाडौंको तार्केश्वर नगरपालिका–५ स्थित गोलढुंगाबाट बलात्कार आरोपमा एकजना युवक पक्राउ गरेको छन् । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भएर गोलढुंगा बस्ने ३६ वर्षीय आशिष थापा भन्ने आशिष थापा क्षेत्री छन् ।
आरोपीले २८ वर्षीया युवतीलाई ललितपुर स्थित निजको टहरामा गएर बलात्कार गरेको प्रहरी वृत सातदोवाटोले जनाएको छ । पीडित छोराछोरी सहित सुतिरहेको अवस्थामा आरोपीले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडितले जेठ ३ मा प्र्रहरी वृत सातदोवाटोमा जाहेरी दिएकी थिइन् । आरोपीलाई प्रहरी वृत बालाजुको समन्वयमा पक्राउ गरिएको प्रहरी वृत सातदोवाटोले जनाएको छ । आशिष थापाविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।