नेका खेलकुद विभागद्वारा भक्तपुर र काभ्रेमा रक्तदान कार्यक्रम सम्पन्न

17.7k Shares

नेपाली कांग्रेस खेलकुद विभागले विश्वभरि महामारी फैलिरहेको कोरोना भाइरसका कारण संक्रमितहरु बढ्दै गइरहेको अवस्थामा रगत अभाव सिर्जना हुन थालेपछि नेपाली कांग्रेस खेलकुद विभागले देशैभरि साताव्यापी रक्तदान कार्यक्रमको अभियान चलाएको छ । 
सोही अभियानअन्तर्गत ललितपुरको मंगलबजारबाट सुरु गरेको रक्तदान कार्यक्रम आज मंसिर ९ गते मंगलबार भक्तपुर र काभ्रेलगायतका जिल्लाहरुमा आयोजना भएको छ । 
भक्तपुर र काभेमा आयोजित रक्तदान कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय खेलकुद बिभाग प्रमुख पुर्ब सुचना तथा संचार मन्त्री तथा नेका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमु्ख अतिथि तथा केन्द्रिय खेलकुद बिभाग सचिब तथा पूर्व राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मीन कृष्ण महर्जनको विशेष अतिथ्यता रहेका थियो । 
काभ्रेमा आयोजित रक्तदान कार्यक्रम नेपाली कांग्रेस खेलकुद विभागका सदस्य चन्द्र बहादुर लामाको संयोजकत्वमा भएको थियो । सो रक्तदान कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य शिव हुमागाई, पुर्ब माननीय तिर्थ लामा, तरुण दल जिल्ला अध्यक्ष दावा लामा, बिष्णु लामा, पंच लामा लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, भक्तपुरमा आयोजित रक्तदान कार्यक्रम उमेश खड्काको संयोजकत्वमा भएको थियो । सो रक्तदान कार्यक्रममा भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, प्रदेश सांसद कृष्ण भडेललगायतको उपस्थिति रहेको थियो ।
स्मरणीय छ, नेपाली कांग्रेस विभाग गठन भएसँगै यस्ता थुप्रै कार्यक्रमहरु गर्दै आइरहेको छ । खेलकुद विभागले गएको तेह्रौ साग गेममा स्वर्ण पदक ल्याउने सम्पूर्ण खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरी खेलाडीहरुको आत्मबल र हौसला बढाउने काम गरेका थियो । नेपाली कांग्रेस खेलकुद विभागले कोरोना भाइरस नियन्त्रणमा आएलगत्तै यस्ता गतिविधि बढाउने क्रममा राष्ट्रियस्तरका थुप्रै खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै जाने खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी गराएका छन् । 

सम्बन्धित समाचार