कराते खेलाडीलाई महर्जन त्रयद्वारा खेल सामाग्री वितरण

21.6k Shares

काठमाडौं, ९ मंसिर । जापानको टोकियोमा २०२० मा हुन लागेको ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई मंसिर ९ गते मंगलबार खेल सामग्री प्रदान गरिएको छ । २ खेलाडी र १ प्रशिक्षक गरी ३ सदस्यीय टोलीलाई केल्मीको जुत्ता, ट्र्याक्सुट र ब्याग प्रदान गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनसहित प्रायोजकद्वय आठौ साफका स्वर्ण पदक बिजेता नेपाल कराते महासंघ केन्द्रीय सदस्य रबि महर्जन र पुर्ब किकबक्सिङ च्याम्पियन तथा किक बक्सिङ अध्यक्ष बिनोद महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई एक कार्यक्रमबीच झण्डै एक लाख रुपैयाँ बराबरको ट्रयाकसुट जुत्ता र ब्याग हस्तान्तरण गरेका हुन् । 
उक्त कार्यक्रममा राष्ट्रिय खेलुकद परिषद सदस्य सुभाष श्रेष्ठ, राष्ट्रिय टिम तयारी समिती संयोजक महेन्द्र राई, सोतोकान कराते प्रमुख प्रशिक्षक निवास गोपाल वैद्य, कराते बरिष्ठ प्रशिक्षक हिरा सिं डंगोल, अन्तर्राष्ट्रिय रेफ्री महेश रन्जीत, १३ औ साग कराते प्रशिक्षक तथा आठौ साफ स्वर्ण पदक बिजेता  गंगाराम महर्जन, १३ औ साग दोहोरो स्वर्ण पदन बिजेता मन्डेकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक श्रेष्ठले जुनमा फ्रान्समा क्वालिफाइङ तथा पोर्चुगल, साइप्रस र मोरोक्कोमा हुने कराते लिगमा सहभागिताका लागि प्रयास भइरहेको जानकारी गराए । त्यस्तै कुवेतमा हुने एसियन च्याम्पियनसिपमा पनि सहभागिताका लागि नेपाल कराते महासंघले प्रयास गरेको अवगत गराए ।

सम्बन्धित समाचार