भीआईपी स्पासँग खोजतलासले आर्थिक ताकेता कहिले ग-यो ?, प्रमाण पेश गर्न चुनौति

16.9k Shares

प्रेस काउन्सिल नेपालले २०८० साल जेठ ८ गते प.सं. ०७९÷८० च.नं. ८१२ खण्डन प्रकाशित गर्ने बारे पत्र प्राप्त भयो । 
सो पत्रमा खोजतलास अनलाइन डटकमले २०८० साल बैशाख १९ गते ‘मसाजको नाममा भिआईपी स्पाले ग¥यो टिकटकमै बालबालिकाका प्रयोग’ शिर्षकमा प्रकाशित गरेको समाचारप्रति भिआईपी स्पा एण्ड हेल्थ क्लवका संचालकलाई चित्त नबुझेको अवस्थामा खोजतलास अनलाइनका सम्पादकलाई सम्पर्क गरी समाचारको विषयमा बुझ्न सक्ने थिए । पत्रमा उल्लेख गरिए अनुसार खोजतलास अनलाइनले निरन्तररुपमा आर्थिक असुलीको लागि ताकेता गरी मानसिक दवाव दिएको भन्ने उल्लेख छ । भीआईपी स्पा एण्ड हेल्थ क्लवका संचालकलाई कहिले, कुन समय र मितिमा ताकेता गरेको हो त्यो पनि उल्लेख गरेको भए राम्रो हुन्थ्यो । तर, खोजतलास अनलाइन डटकमले भीआईपी स्पा एण्ड हेल्थ क्लवका संचालक वा जिम्मेवार व्यक्तिसँग खोजतलास अनलाइनका संवाददातादेखि लिएर कुनै पनि जिम्मेवार व्यक्तिले यस्तो नगरेको दाबी गर्दछ । यदि भीआईपी स्पा एण्ड हेल्थ क्लवका संचालकले खोजतलास अनलाइन डटकमका कुनै पनि जिम्मेवार व्यक्तिले समाचारकै विषयलाई लिएर कुनै पनि बार्गेनिङ्ग र निरन्तर रुपमा आर्थिक असुलीको लागि ताकेता गरेको र मानसिक दवाव दिएको भिडियो रेकर्ड, अडियो रेकर्ड, कुन फोन नम्बरबाट यस्तो गतिविधि गरेको हो वा अन्य केही प्रमाण छ भने त्यो प्रमाण पेश गर्न सकेको खण्डमा खोजतलास अनलाइन डटकम प्रेस काउन्सिल नेपालले गर्ने जुनसुकै कारबाही भोग्न तयार रहेको जानकारी समेत गराउन चाहन्छ । समाचारको विषयमा चित्त नबुझेको अवस्थामा खण्डन प्रकाशित गराउनको लागि खोजतलास अनलाइन डटकमका कुनै पनि जिम्मेवार व्यक्तिसँग सम्पर्क गर्न सक्थे, तर त्यो पनि भीआईपी स्पा एण्ड हेल्थ क्लवका कुनै पनि जिम्मेवार व्यक्तिले सम्पर्क गरेका छैनन् । 
यसरी संचारमाध्यमलाई नचाहिँदो आक्षेपसहितको उजुरी हाल्ने भीआईपी स्पा एण्ड हेल्थ क्लवका संचालकलाई चाहिँ प्रेस काउन्सिल नेपालले प्रमाण पेस गर्न नसकेको अवस्थामा कस्तो कारबाही गर्छ त ? यसबारे प्रेस काउन्सिल नेपालले २४ घण्टाको अल्टिमेटम दिनुभन्दा पहिलो यसको पनि खोजी गर्नुपर्ने थियो कि ?
पत्रकार तथा सञ्चार माध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सामग्रीको संप्रेशण गर्नु उसको धर्म हो । तर, कहिलेकाहिँ अनजानमा कसैको भेदभावहुने गरी निजी स्वार्थपूर्तिका लागि सूचना संप्रेशण गर्न नहुने, अनुचित दवाव वा सम्बन्धमा पर्न नहुने, व्यक्तिगत स्वार्थपूर्ति गर्ने र कसैलाई अनुचित लाभ वा हानी पु¥याउने नियत राखी पत्रकारिताको पेसागत मर्यादा प्रतिकुल कर्म गर्न नहुने भन्ने कुरा राम्रोसँग जानकारी छ । 
पीडित भनिएका भीआईजी स्पा एण्ड हेल्थ क्लवका संचालकले खोजतलास अनलाइन डटकमका कुनै पनि व्यक्तिलाई प्रकाशित समाचारको विषयमा गलत, भ्रामक वा कपालेकल्पित भएको प्रमाणसहित जानकारी गराएको भए सायद प्रेस काउन्सिल नेपालले यसरी पत्र काट्नुपर्ने अवस्था हुने थिएन । पीडितले प्रकाशित समाचारमा के कस्ता प्रमाणबिहीन समाचार प्रकाशित भएको थियो त्यसको खण्डन गराउन सक्ने थिए । पीडित भनिएका भीआईपी स्पा एण्ड हेल्थ क्लवका संचालक मनिराम अवालले प्रेस काउन्सिलमा उजुरी हाल्नु भन्दा खण्डनको लागि खोजतलास अनलाइनका जिम्मेवार व्यक्तिलाई सम्पर्क गरी खण्डन प्रकाशितको लागि प्रयास गर्नुपर्ने हो कि होइन ? यसबारे पीडित भनिएका अवाललाई यस्तो सल्लाह प्रेस काउन्सिल नेपालले दिनुपर्ने थियो कि थिएन ? 

भीआईपी स्पाले पठाएको खण्डन जस्ताको तस्तै

latter 1.jpg

सम्बन्धित समाचार