ललितपुर । बागमति प्रदेश सभाका सांसद राजकाजी महर्जनले आफ्नो निर्वाचन क्षेत्र लतिलपुर क्षेत्र नं ३ (क) मा विकास निर्माण कार्यलाई तीव्रता दिएका छन् ।उनको नीति नै छ, ‘बालबालिकालाई पार्क, युवालाई खेलकुद बृद्धबृद्धालाई सांस्कृतिक परम्परा (गुठी भवन) निर्माण गरी सेवा दिनु ।’
‘जनताको सेवामा जति बेला पनि तयार छु’, सांसद महर्जनले भने, ‘जनताप्रतिको उत्तरदायित्व बोधले विकास निर्माणमा सहभागी हुन प्रेरित गरेको छ ।’
बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्म पनि सेवामा खटेको अनुभव पनि छ उनले भने, ‘केही हुने वित्तिकै स्थानीयले जनप्रतिनिधिलाई सम्झन्छन् त्यसैले पनि सेवामा खट्न पाएको हो । स्थानीय जनताले खोजेको बेला उनीहरूलाई निराश पार्ने गरेको छैन ।’
आफ्जै पहलबाट आफ्नो क्षेत्रमा कभर्ड हल तथा अन्य सामाजिक संस्थाका भवन निर्माण सम्पन्न भएको तथा केही निर्माणको चरणमा रहेका जानकारी उनले खोजतलासलाई दिए । प्रदेशको सामाजिक विकास मन्त्रालयले बागमति प्रदेशका ६६ निर्वाचन क्षेत्रमा एउटा कभर्ड हल बनाउने योजना लिए अनुसार कभर्ड हल निर्माणलाई तीव्रता दिइएको छ ।
सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशका नागरिकको स्वास्थ्य जीवनप्रति चासो व्यक्त गर्दै बजेट विनियोजन गरेको जनाउँदै सांसद महर्जनले भने, ‘प्रदेशका ५० वटा निर्वाचन क्षेत्रमा कभर्ड हल निर्माण भइरहेका छन् ।’
समाज विकास मन्त्रालयमाफर्त नागदह डोजाङलाई कभर्ड हल निर्माणका लागि बजेट उपलव्ध गराएको छु उनले भने, ‘गत वर्ष १ करोड बजेट उपलव्ध भएको हो । चालु आर्थिक वर्षमा ६७ लाख बजेट विनियोजना भएको छ ।’
यो कभर्ड हल बनेपछि स्थानीय खेलाडीलाई सुविधा पुग्ने छ उनले भने, ‘बहुआयमिक हल भएकाले, कराँते, टेबल टेनिससहितका खेल खेल्न मिल्न छ । यो कभर्ड हल ललितपुरको दक्षिण भेगकै सबैभन्दा ठूलो हुनेछ ।’
प्रदेश स्तरको बजेटबाट नखिपोटमा पनि कभर्ड हल निर्माण भइरहेको छ । कभर्ड हल निर्माणका लागि चालु वर्षमा ७२ लाख विनियोजना भएको छ भने गत वर्ष १ करोड बजेट उपलव्ध गराइएको थियो । नखिपोटस्थित माइक्रो बस पार्कमा कभर्ड हल निर्माण कार्य जारी । यस्तै सांसद महर्जनले पाको पार्क ठेचोका लागि ५० लाख, सातदोबाटो निर्मल बस्तीमा बाटो ढलान गर्न ४० लाख उपलव्ध गराएको जानकारी दिए । बाटो ढलान कार्य सकिएपछि स्थानीयको सहज आवगमन भइरहेको छ ।
धापाखेलमा २३ लाख रुपैयाँको खर्चमा ढल निर्माण कार्य भएको पनि उनले जानकारी दिए । यस्तै आफ्नो निर्वाचन क्षेत्रमा पर्ने जनसरोकर गुठी भवन निर्माणका लागि ५० लाख, ठेचोस्थित न्ह्यास गुठी भवन निर्माणका लागि ३३ लाख उपलव्ध गराएका छन् । न्ह्यास गुठी भवन निर्माणकार्य सकिएको छ । ब्याडगा गाउँ (ठैब) ढुङगा बिच्छाउने कार्य २५ लाख तथा सुनाकोठी चोकिवामा स्तुपा निर्माण १८ लाख ९५ हजारमा सम्पन्न भइसकेको सांसद महर्जनले जानकारी दिए । सुनाकोठीमै ८ कोठे सामुदायिक महिला भवन र पुस्तकालय भवन निर्माणका लागि ५० लाख रुपैयाँ उपलव्ध गराएका छन् ।
सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको पहलमा २३ नं वडा कार्यालयमा पहिरो नियन्त्रणका लागि ५० लाख रुपैयाँ बजेट उपलव्ध गराएको पनि उनले जानकारी दिए । बागमति प्रदेशको सामाजिक विकास मन्त्रालयबाटै धापाखेल फुटबल मैदानको पर्खाल निर्माणका लागि २५ लाख रुपैयाँ उपलव्ध गराई निर्माण सकिएको छ ।
बाडेगाउँको श्वेत भैरव पार्क निर्माणका लागि २५ लाख रुपैयाँ उपलव्ध गराइए पछि निर्माण सकिएको छ । यस्तै उनकै पहलमा ठेचो दुरिखेल पाकोमा ६ लाख रुपैयाँमा ग्राभेल विच्छ्याउने तथा ६ लाख खानेपानी पाइप बिच्छाउने कार्य पनि सम्पन्न भएको छ ।
सांसद महर्जनले फुलचोकी माविलाई नमूना विद्यालय बनाउन आवश्यक पूर्वाधार तयार गर्न तीन वर्ष यता ३३ लाखका दरले बजेट उपलव्ध गराइरहेका छन् । ठैबको अन्तरी चपा गुठीलाई ३३ लाख बजेट तथा बाँडे गाउँमा नयाँ सभा भवन निर्माणका लागि ५० लाख रुपैयाँ बजेट उपलव्ध गरिएको छ ।
ललितपुर महानगरपालिका वडा नं १५ को भेल्पामा सामुदायिक भवन तथा किरियापुत्री भवन निर्माणका लागि ५० लाख, हरिसिद्धिमा व्याडमिन्टन कभर्ड हल निर्माणका लागि ५० लाख । हरिसिद्धि अटख्वामा महिला समूहलाई भवन निर्माणका लागि ५० लाख, सुनाकोठी अरदेखि बालकुमारी चौरसम्म इट्टा विच्छ्याउन ५० लाख बजेट पनि सांसद महर्जनकै पलहमा उपलव्ध भएको हो ।
धापाखेल–ठेचो जोडने बाटोमा कल्भर्ट निर्माणका लागि २२ लाख रुपैयाँ उपलव्ध गराएपछि निर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए ।