हत्याका फरार अभियुक्त १४ वर्षपछि पक्राउ

18.2k Shares

रौतहट, ६ जेठ/रौतहटको गुजरा नगरपालिका ६ प्रतापपुर पल्टुवाका  ४५ वर्षीय शेख अलाउदिनलाई प्रहरीले पक्राउ गरेको छ । फुपूको हत्यापछि फरार अलाउदिनलाई १४ वर्षपछि इलाका प्रहरी कार्यालय गरुडाको टोलीले शनिबार पक्राउ गरेको हो ।  

२०६६ साल पुस ८ गते राति १२ बजे साविक गाविस बगही हाल कटहरीया–६ फत्तेपुरका शेख फौजदारकी श्रीमती ६५ वर्षीया मजबुनिया शेखिनको अलाउदिनले गोली हानी हत्या गरेको आरोप लागेको थियो ।

मृतक अलाउदिनका फुपू हुन् । जग्गाको लोभमा हत्या गरेको आरोप लागेपछि उनी फरार थिए । 

सम्बन्धित समाचार