काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको छ ।
योसँगै काठमाडौंमा ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ र भक्तपुरमा ७ हजार ३३६ जना संक्रमित भएका छन् । जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ ।
हालसम्म काठमाडौंमा ७१ हजार ५९१, ललितपुरमा ९ हजार ६३१ र भक्तपुरमा ६ हजार ४७० जना संक्रमित निको भएका छन् ।
देशभर १ हजार ९४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।
२४ घण्टामा ५ हजार ३६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।
आज देशभर २४ हजार ६५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म १ हजार २९८ जनाको मृत्यु भइसकेको छ ।