सन्दीपले २०२०-२१ बिग ब्यास लिग होबर्ट हुरिकेन्सबाट खेल्ने

16.5k Shares

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) ट्वान्टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।

सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेलेका सन्दीपले २६ विकेट लिएका छन् ।

बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महशुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) सकिएपछि फर्केका सन्दीप अहिले चितवनमा छन् । नयाँ सिजनको बीबीएल आउँदाे डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि सुरु हुनेछ ।

सम्बन्धित समाचार