शरणार्थी प्रकरणमा आरजुको नाम जोडिएको अडिओको तत्काल छानविन गर्न नेविसंघको माग

17k Shares

काठमाडौँ,२  जेठ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भुटानी शरणार्थी प्रकरणमा  कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाको नाम जोडिएको अडिओको सत्य तथ्य छानविन गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले मंगलबार एक विज्ञप्ति जारी गर्दै नक्कली अडिओमाथि छानविन नहुन दुःखद भएको बताए ।

‘कांग्रेस नेतृ डा.आरजु राणा देउवाको नाम जोडिएर आएको नक्कली अडियो छानबिनको लागि उहाँले दिनुभएको उजुरीमाथि छानबिन हुन नसक्नु दुखद छ । तत्काल सो अडियोको छानविन गरि राणाले माग गरे जस्तो सत्यतथ्य सार्वजनिक गर्न पनि नेविसंघ प्रशासनसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

देशकै इज्जतमाथि प्रश्न उठाउने गरि भएको नक्कली शरणार्थी प्रकरणमा सत्य सूचना थाहा पाउनु नागरिकको अधिकार भएको शर्पाको भनाइ छ । ‘नागरिकको सो अधिकारको सम्मान गर्दै सत्य, तथ्यमा आधारित समाचार सम्प्रेषण गरि नागरिकलाई झुटा अफवाह र गलत सूचनाबाट दिग्भ्रमित हुनबाट रोक्नका लागि ञ्चारमाध्यमको भूमिका थप प्रभावकारी बनाउन आग्रह गर्दछौँ,’  उनले भने ।

सम्बन्धित समाचार