काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठक सुरु भएको छ । सोमवारवाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा आजवाट छलफल सुरु भएको हो।
‘अध्यक्षज्यूले पेश गरेको राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्य सुरु भएको छ,’ प्रवक्ता सगुन लावतीले भने । उनका अनुसार अध्यक्ष राजेन्द्र लिङदेनलगायतले सोमवार प्रस्तुत गरेका प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले आ-आफनो धारणा राख्ने छन् ।
अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको हिजो जनाएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमासमेत बिदेशी संलग्नता रहनुलाई राष्ट्रिय लज्जाको बिषय भएको निष्कर्ष उनको थियो।
प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा पुगेको जनाउँदै उनले सरकार निर्माण र विघटनमा बाह्य प्रभाव रहे पछि आफुहरुले सरकार छाडनु पर्ने जानकारी केन्द्रिय समितिमा गराएका छन् ।उनले बैदेशिक हस्तक्षेप र दलीय भ्रष्टचारको बिरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन्।