17.4k
Shares
काठमाडौं,१ जेठ । थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १०९१ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २५२ र एन्टिजेनबाट ८३९ नमुना परीक्षण गर्दा पीसीआरबाट १४ र एन्टिजेनबाट ७ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा २२ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ११२ पुगेको छ।