काठमाडौं उपत्यकामा १ हजार ४ सय २० कोरोना संक्रमित थपिए

18.7k Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय २० कोरोना संक्रमित थपिएको छ ।

मंगलबार संक्रमित पुष्टि हुनेमा ६ सय ३ महिला र ८ सय १७ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस्तै, नेपालमा थप २ हजार ७ सय ३६ कोरोना संक्रमण पुष्टि छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार १४८ पुगेको छ ।
सम्बन्धित समाचार