आलोचना गर्दा गणतन्त्र नै नास हुन थाल्यो भन्ने मानसिकता सत्ताधारीहरुमा छः मिनेन्द्र रिजाल

18.4k Shares

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नास हुन थाल्यो भन्ने मानसिकता रहेको बताएका छन्।मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कसैले कसैको आलोचना गर्दा गणतन्त्र नै नास हुन थाल्यो भन्ने मानसिकताबाट गणतन्त्र नजोगिने बताएका हुन्।

जनताको विचारलाई आमसञ्चारको रुपमा प्रचार गरे मात्रै पनि गणतन्त्रको रक्षा हुने उनको जिकिर थियो। उनले गणतन्त्र सबैको साझा भएकाले जिम्मा कुनै एउटा संस्थाले लिनुपर्ने आवश्यकता नरहेको उल्लेख गरे।बोल्ने शब्दहरु नभेटिएपछि ‘गणतन्त्र जोगाउन’ भन्ने परिपाटी राम्रो नभएको बताए।

उनले भने, ‘कसैले आलोचना गर्दा गणतन्त्र नै नास हुन थाल्यो भनेर त्यसलाई ठोक्नुपर्छ भन्ने मानसिकता जुन सत्ताधारीको छ, त्यस्तो मानसिकताबाट गणतन्त्र जोगिँदैन, त्यसरी गणतन्त्र आएको होइन। जनताको विचारलाई आमसञ्चारको रुपमा प्रचार गरे मात्रै गणतन्त्रको रक्षा हुन्छ। गणतन्त्रको जिम्मा कुनै एउटा संस्थाले लिनु पर्दैन।’

सम्बन्धित समाचार