आजको मौसम: देशका धेरैजसाे भु-भागमा पानी पर्ने

17.8k Shares

काठमाडौं, १८ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरूमा आंशिक बदली  रहेको छ।   

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी  भू–भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।   राती भने देशका पहाडी  भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी  भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

पहाडी  भू–भागका थोरै तथा तराईका एक/दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।   देशका पहाडी  भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  

सम्बन्धित समाचार