काठमाडौं उपत्यकामा १ हजार  ३ सय ९८ जना कोरोना संक्रमित थपिए

17.1k Shares
काठमाडौं  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार  ३ सय ९८ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९१, भक्तपुरका १४७ र ललितपुरमा १६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, नेपालमा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ भने अहिलेसम्म १ लाख ४८ हजार ३ सय ८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १०५२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै ३४३० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
सम्बन्धित समाचार