उमाकुण्ड गाउँपालिकामा वृहत् दन्त शिविर सम्पन्न, चारसय बढी लाभान्वित

25.3k Shares

काठमाडौँ/रामेछाप उमाकुण्ड गाउँपालिकाको गुप्तेश्वर–६ तथा गुम्देल–१ मा ग्रीन तारा नेपाल र आकर्ष डेण्टल केयर तथा अर्थोडोन्टिक सेन्टर कुमारीपाटीद्धारा वृहत् दन्त शिविर आयोजना गरिएको छ । चार दिन सञ्चालन गरिएको उक्त शिविरम उमाकुण्ड गाउँपालिकाको सहकार्य तथा ग्रामीण स्वास्थ्य प्रबद्र्धन परियोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


चाइल्ड एड नेटवर्क, बीएमजेड जर्मनीको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा एकजना दन्त बिशेषज्ञ, दुई जना दन्त चिकित्सक, र एकजना दन्त हाइजिनिष्ट तथा प्रोजेक्ट म्यानेजर टिना गोर्खाली र कन्ट्री डाइरेक्टर रामचन्द्र सिलवालको प्रत्यक्ष सहभागीता रहेको थियो । शिविरमा चारसयभन्दा बढी स्थानीय बासिन्दाले प्रत्यक्ष गाउँमानै सेवा पाएका थिए । 


शिविरमा २४५ जनाको कीरा लागिएको दाँत निकालिएको थियो भने ३२ जनाले आफ्नो दाँत भरेका थिए । त्यस्तै ५ जनाको दाँतमा जरा देखिएको उपचारद्वारा निको पारिएको थियो भने ३० जनाको बुद्धिबंगाराको सफल शल्यक्रिया समेत भएको थियो । अन्य ३६ जना विभिन्न रोगहरुको उपचार पनि उक्त शिविरमा सम्पन्न गरिएको आकर्ष डेन्टल कियरका सञ्चालक डा. हर्ष तिवारीले जानकारी गराउनुभयो ।


आकर्ष डेण्टल केयरले समपसापेक्ष यस्ता थुप्रै सामाजिक कार्यक्रम तथा दन्त शिविर आयोजना गर्दै अहोरात विरमीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । यस्तैमा गुप्तेश्वर तथा गुम्देल क्षेत्रका स्थानीयको विकटतालाई मध्यनजर गर्दै आजीवन पचास प्रतिशत छुट दिने आयोजकहरुले  प्रतिबद्धता जनाएको छ ।

gosai 1.jpeg

gosai 2.jpeg

gosai 3.jpeg

सम्बन्धित समाचार