खोटाङका प्रदेश सांसद राईविरुद्ध प्रदर्शन गर्ने पहिचान पक्षधर युवा बिनाशर्त रिहा

16.8k Shares

खोटाङ/खोटाङका प्रदेश सांसद पाँचकर्ण राई बिरुद्ध प्रदर्शन गर्ने पहिचान पक्षधर चार युवा रिहा भएका छन् । कोशी प्रदेश नामाकरणको पक्षमा मतदान गरेको भन्दै प्रदेश सांसद राई बिरुद्ध शनिबार प्रदर्शन गर्ने किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरात, सह–कोषाध्यक्ष डार्विन राई, यायोक्खाको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका पुर्वउपाध्यक्ष सप्तमणी राई र जसपाका जिल्ला सचिव सुनिल चाम्लिङ रिहा भएका हुन् । पक्राउ परेको केही घण्टापछि जिल्ला प्रहरी कार्यालयबाट चार युवा बिनाशर्त रिहा भएका हुन् । 

जिल्ला समन्वय समितिले आयोजना गरेको जिल्लासभामा अतिथिका रुपमा उपस्थित सांसद राई बिरुद्ध पहिचानपक्षधर समुहले कार्यक्रम हलभित्रै नाराबाजी गरेर कालो झण्डा देखाएका थिए । यायोक्खाका अध्यक्ष किरातले कार्यक्रम सञ्चालकसँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी सुरु गरिएको थियो । बिरोधमा उत्रिएका समुहले प्रदेश सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरेका थिए । परैबाट छर्किएको कालो पदार्थको केही छिटा प्रदेश सांसद राई, पुर्वसांसद कुलप्रसाद फुयाँल र जिल्ला समन्वय समितिका पुर्वप्रमुख बबी चाम्लिङको शरीरमा लागेको थियो । कार्यक्रममा प्रतिनिधिसभा सांसद रामकुमार राई प्रमुख अतिथिका रुपमा उपस्थित थिए । 

जिल्लासभामा साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बोले लगत्तै आन्दोलनकारीले आफ्नो धारणा राख्न फोरम मागेका थिए । यायोक्खाका अध्यक्ष किरात बाहेक अन्य तीन जनालाई भने हतकडी हालेर जिल्ला प्रहरी कार्यालय लगिएको थियो । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथा मन्त्रीलाई जिल्ला प्रवेश नगर्न आव्हान गरिएको तर त्यस विपरित गरिएकाले बिरोध गरिएको यायोक्खाका अध्यक्ष किरातले बताए । बिरोधमा उत्रिएका समुहले प्रदेश सांसद भूपेन्द्र राई बिरुद्ध पनि नाराबाजी गरेका थिए । प्रदेश सांसद भुपेन्द्र भने कार्यक्रममा उपस्थित थिएनन् । सम्भावित दुर्घटनालाई ध्यान दिएर प्रशासनले जिल्ला समन्वय आसपासमा प्रहरी परिचालन गरेको थियो । 

पक्राउ परेका चार जनासँगै नागरिक समाजका अगुवा सुर्य राई, जसपाका प्रदेश कमिटि सदस्य नविन राई, जसपाका जिल्ला अध्यक्ष पिके खम्बू, आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पा र जनजाती महासंघ निकट युवा संगठनका अध्यक्ष धनीराम नछुङ जिल्ला प्रहरी कार्यालय पुगेका थिए । 

यायोक्खाले चैत २० गते प्रेस विज्ञाप्तीमार्फत कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद एवं मन्त्रीलाई जिल्लामा हुने कुनै पनि कार्यक्रममा अतिथिका रुपमा नल्याउन आग्रह गरेको  िखोटाङका प्रदेश सांसद पाँचकर्ण राई बिरुद्ध प्रदर्शन गर्ने पहिचान पक्षधर चार युवा रिहा थयो । प्रदेशको किरात नामाकरणको विषयमा असहमती राख्दै यायोक्खा, जनता समाजवादी, जनजाती महासंघ लगायतका पहिचान पक्षधर पार्टी तथा संगठनले बिरोधका कार्यक्रम गर्दैआएको छ । 

सम्बन्धित समाचार