काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय २२ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ ।
आज १३ हजार २३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
आज सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको मन्त्रालयले जनाएको छ । हाल २३८६ जना क्वारेन्टाइनमा छन् ।