काठमाडौं । कोरोनाबाट अत्यधिक प्रभावितहरुको सूचिमा नेपाल ३४ औं स्थानमा रहेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।
विहीबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९०४ पुगेको मन्त्रालयले जनाएको छ ।