केसी फर्किए पुरानै घर

16.4k Shares

ललितपुर । नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) ललितपुरका जिल्ला सचिवालय सदस्य गणेश केसी आफ्नो पुरानै घर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आज एक कार्यक्रमका बीच कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको निवास महाराजगंजमा केसीलाई आफ्नो पुरानै घर कांग्रेसमा प्रवेश गराएको खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी गराएका छन् ।
पछिल्लो समय ललितपुर जिल्लामा कांग्रेसका राम्रो पहँुच बन्दै गइरहेको अवस्थामा केसी कांग्रेसमा प्रवेश गरेसँगै ललितपुरमा कांगेसको उपस्थिति दरिलो भएको नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मीन कृष्ण महर्जनले जानकारी गराएका छन्  ।
सो कार्यक्रममा कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, जिल्ला सभापति मदन बहादुर अमात्य, खेलकुद विभाग केन्द्रीय सचिव मीनकृष्ण महर्जन, १ क प्रदेश सभापति सुन्दरमान थिङ, आमन्त्रित जिल्ला सदस्य ऋषिदेव फुयाल, बागमती गाउपालिका प्रवक्ता विष्णुप्रसाद तिमल्सिनालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार