अभिनेत्री काजल अग्रवालको विवाह भोलि

16.8k Shares
साउथ तथा बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवाल भोलि अर्थात ३० अक्टोबरमा वैवाहिक बन्धनमा बाँधिदै छिन् ।
त्यसका लागि उनको घरमा विवाहको तयारी सुरु भइसकेको छ । कोरोनाभाइरसको जोखिम अवस्थामा विवाहमा नजिकको आफन्त, साथीहरू मात्र बोलाइने बताइएको छ । 
भोलि मुम्बईमा व्यवसायी गौतम किचलूसँग काजलले विवाह गर्दैछिन् । विवाहका लागि काजल निकै उत्साहित देखिएकी छिन् । उनले नै सामाजिक सञ्जालमार्फत् विवाहबारे जानकारी गराएकी थिइन् ।
काजलले विवाहपछि पनि आफ्नो कामलाई निरन्तरता दिने बताएकी छिन् । विवाहको कार्यक्रम दुई दिन चल्ने बताइएको छ ।
बलिउडमा फिल्म 'क्यों हो गया ना' बाट डेब्यू गरेकी थिइन् । उनले सिंगम, मुम्बई सागा, मगधीरा, टेम्परलगायतका सिनेमामा अभिनय गरेकी छिन् ।
सम्बन्धित समाचार