मुम्बई इन्डियन्स आइपीएलको शीर्ष स्थानमा यथावत

18.8k Shares
इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज चेन्नइ सुपरकिङस र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ ।
नेपाली समय अनुसार बेलुकी ७:४५ मा दुवाई अन्तराष्ट्रिय रंगशालामा खेल हुनेछ ।
हिजो राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ५ विकेटको जित निकाल्दै मुम्बई इन्डियन्स आइपीएलको शीर्ष स्थानमा यथावत रहेको छ । योजितपछि मुम्बई इण्डियन्स प्लेअफमा पुग्ने निश्चित भएको छ ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको थियो । बैंग्लोरले दिएको १६५ रनको लक्ष्य मुम्बईले १९ .१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
मुम्बईका लागि सुर्यकुमार यादवले ७९ रनको पारी खेले। ४३ बलमा उनले १० चौका र ३ छक्का प्रहार गरे ।
यस्तै इसान किसनले २५, क्वीन्टन डी ककले १८, हार्दिक पाण्ड्याले १७ रन जोडे । बैंग्लोरका मोहम्मद सिरज र यूजभेन्द्र चहालले समान २२ विकेट लिए ।
त्यसअघि देवदत्त पाडिक्कलले ४५ बलमा १२ चौका र एक छक्काको मद्दतमा ७४ रन बनाएपछि बैंग्लोरले ६ ओभरमा १६४ रन बनाएको थियो ।
यस्तै बैंग्लोरका जोस फिलिप्पेले ३३, एबी डिभिलियर्सले ३३ रन जोडे । विराट कोहली भने ९ रनमै पवेलियन फर्किए ।
मुम्बईका जसप्रित बुम्राहले ४ ओभरमा १ ओभर मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए ।
मुम्बईको १२ खेलमा यो आठौं जित हो । यस जितसँगै मुम्बई १६ अंक सहित शीर्ष स्थानमा छ । त्यति नै खेलमा ११ जित सहित बैंग्लोर १४ अंक सहित दोस्रो स्थानमा छ । नेट रनरेटका आधारमा दिल्ली तेस्रो र १२ अंक सहित किंग्स एलेभेन पन्जाब चौथो स्थानमा छ ।
सम्बन्धित समाचार