मठियाबाट यसरी भैरहेछ तस्करी

17.3k Shares

गाैर, १७ चैत ।  भारतीय सीमावर्ती क्षेत्रबाट हुने तस्करी पछिल्लो समय रौतहटको मठियाबाट व्यापक रूपमा चलिरहेको छ ।  ठूलो  र संगठित रूपमा यहाँबाट तस्करी चलिरहेको छ ।तस्करी धन्दामा सशस्त्र प्रहरीको स्थानीय फरवार्ड वेशमा कार्यरत प्रहरीको संलग्नता रहेको स्थानीय व्यवसायीहरू बताउँछन् । बिओपी औराया मातहतको फरवार्ड  वेशका असई रामबिश्वास राय यादवको संरक्षणमा यसरी खुलेयाम तस्करी भैरहेको उनीहरूको आरोप छ । 

असई रामबिश्वास राय यादव  यसअघि पनि  असई पदमा रहदां नै यहीँ  फरवार्ड वेशमा कार्यरत रहेको  र  त्यतिबेला सबै व्यापारी  देखि तस्करी गर्नेहरूसंग चिनजान  र सम्पर्क रहेको कारण पनि उनले आफ्नो यो दोस्रो पोष्टिङलाई  कमाउ अभियानको रूपमा उपयोग गरिरहेका छन्  ।त्यसैले यो नाकाबाट अहिले सशस्त्र प्रहरीको सेटिङ र संरक्षणमा व्यापक तस्करी चलिरहेको छ । असई यादवलाई यसअघि सशस्त्रका रौतहट स्थित गणपति माधव रेग्मीले घुमुवाको रूपमा परिचालन गरेका थिए । घुमुवा बनाएर परिचालन गरेको समाचार नवजनप्रहार साप्ताहिकले सार्वजनिक गरेपछि असई यादवलाई तस्करीको नाका मठिया स्थित फरवार्ड वेशको प्रमुखको रूपमा खटाइएको थियो । 

अहिले यो नाकाबाट कपडा  , हार्डवेयर , किराना सामान , मल भैसीको ठूलो तस्करी चलिरहेको छ । कान्छा भन्नेको सबैभन्दा बढि भैंसी यसै नाकाबाट नेपाल भित्रिने गरेको छ । लम्बुको गाइईगोरूको तस्करी पनि यहाँबाट हुने गरेको छ ।कान्छा र लम्बुको भैंसी तथा गाईगोरू दैनिक ठूलो संख्यामा हुने गरेको छ । त्यसैगरी अमरदिप साहले कपडा  र नवल साहले सूर्ति तथा सूर्तिजन्य सामानको तस्करी गरिरहेका छन् ।  सबैभन्दा ठूलो तस्करी लतमरीका प्रमोद साहले पाएका छन् । उनले दैनिक दुई ट्रक किराना सामान संकलन गरि अन्य शहर बजारमा बिक्रीका लागि पठाउने गर्दछन ।  प्रमोदको घर नै लतमरी स्थित सीमामा रहेको कारण उनको घर अगाडिबाट तस्करी हुदैआएको छ ।उनले ८÷९ वटा मोटरसाइकल  र  भरियाको टाउकोमा किराना सामान चोरी तस्करी गराई घरमा गोदाम गराउने गर्दछन ।  यसरी तस्करी गराउन पुरै सहयोग गरेवापत तस्करहरूले सशस्त्र एसपीलाई पनि मोटो रकम भागबन्डामा राखेको यहाँ सबैलाई थाहा छ। तर एसपीको हात पर्छ पर्दैन  वा असई यादव मार्फत जाने गरेको तस्करहरूको दावी के हो त्यो भने भोलिका दिन तस्करी नियन्त्रण भएको , नभएको कुराले पुष्टि गर्ने नै छ ।

सम्बन्धित समाचार