20.7k
Shares
काठमाडौं, १६ चैत । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्कालाई दिइएको छ ।
यसअघि प्रवक्ता तथा सूचना अधिकारी सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले सम्हालेका थिए ।
थापा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भएपछि वरिष्ठ उपरीक्षक खड्कालाई उक्त जिम्मेवारी दिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।