स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पदबाट राजिनामा दिएका छन् । मंगलबार बार्तोमेउ क्लबको सबै बोर्ड अफ डिरेक्टरसँगै राजिनामा दिएका हुन् ।
बार्तोमेउ आउँदो मार्चमा पद मुक्त हुँदै थिए । तर अविश्वास बढ्दै गएपछि उनले अविश्वासको प्रस्ताव सामान गर्नु पर्ने अवस्था आएको थियो ।
बार्सिलोनाको प्रदर्शन खस्किएको तथा कप्तान लियोनल मेस्सीसँगको खटपट बाहिरिएसँगै दबाब झेलिरहेका अध्यक्ष बर्टोमेउले पदबाट राजीनामा दिएका हुन् । लियोनल मेस्सीले समेत अध्यक्षको सार्वजनिक रुपमै आलोचना गरेपछि उनको राजीनामा आएको हो ।
उनी २०१४ मा क्लबको अध्यक्ष बनेका थिए । बर्टोमेउको मेस्सीसंगको सम्बन्ध समधुर रहन सकेको थिएन ।
बर्टोमेउको नेतृत्वमा बार्सिलोनाले चार ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
उनको बरखास्तीको माग गर्दैै २० हजारभन्दा बढी क्लब समर्थकले यसै महिना हस्ताक्षर संकलन गरेका थिए । उनको व्यवस्थापनमा उनीहरूले चित्त बुझाएका थिएनन् ।