फूलपातीदेखि कोरोनासम्बन्धी मिडिया ब्रिफिङ नहुने

18.7k Shares

काठमाडौं । दसैँको बिदाका समयमा मन्त्रालयले मिडिया ब्रिफिङ बन्द गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी जानकारीमूलक मिडिया ब्रिफिङ फूलपाति देखि नहुने भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गाैतमले बताएअनुसार दसैं बिदा पर्न गएकाले भोलि शुक्रबादेखि पाँच दिनसम्म ब्रिफिङ नहुने भएको हो । तर कोरोनाबारे सबै जानकारी भने मन्त्रालयको वेभसाइटमार्फत जानकारी गराइने उनले जानकारी दिए ।

आउँदो बुधबारदेखि पुन: ब्रिफिङ गरिने पनि गाैतमले जानकारी गराए । नेपालमा कोरोना संक्रमण सुरु भएयता दैनिक मिडिया ब्रिफिङ बन्द हुन लागेको यो पहिलो पटक हो । तत्कालीन स्वास्थ्य प्रवक्ता डा विकास देवकोटाले सुरु गरेको मिडिया ब्रिफिङलाई डा गौतमले निरन्तरता दिँदै आएका थिए ।

सम्बन्धित समाचार