सशस्त्र प्रहरीको सेटिङमा भन्सारबाट तस्करी

20.8k Shares

बिरगंज । सशस्त्र प्रहरी बलको १३ नम्बर गण मातहतको पर्सा स्थित भन्सार बिअाेपीमा कार्यरत प्रहरीको संरक्षण र सेटिङमा मुख्य नाकाबाट नै तस्करी शुरू भएको छ । अहिले कपडाको तस्करी व्यापक भैरहेको हाम्रो स्थानीय संवाददाताले जानकारी दिएका छन् । सशस्त्र प्रहरीले भाेला साह र मुन्ना मियाँ तेली  तबारा , मिरा , सुटु आलम , जितेन्द्र पटेल , बिक्रम , शम्भु , शत्रुधन यादवलाई कपडा तस्करीको लाइन दिएको छ । तस्करीको लाइन दिए बापत सशस्त्रको स्थानीय युनिटमा कार्यरत प्रहरीले माेटाे रकम लिने गरेको पनि हाम्रा संवाददाताले बताएका छन् । अटाे र माेटर साइकलमा भांडामा कामदार राखेर यी व्यापारीहरूले तस्करी गरिरहेका छन् । यी दुबै जना सीमावर्ती क्षेत्रबाट लामो समयदेखि तस्करी धन्दामा सक्रिय रहदै आएका छन् ।


सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पर्साबाट हुने तस्करी धन्दा र सशस्त्र प्रहरीको सेटिङ र संरक्षण कम हाेला भन्ने उद्देश्यले आफ्नो सचिवालयमा कार्यरत एसपी सुमन थपलियालाई पर्सा स्थित गणमा सरूवा गरेको भए पनि उनले तस्करी नियन्त्रण गर्न त सकेका छैनन् उनको कमान्ड पनि कमजोर देखिएको छ। अहिले पर्साका नाकाबाट तस्करी धन्दा सशस्त्रको संरक्षणमा नै चलिरहेको छ भने सशस्त्रका प्रहरी लागूऔषध अाेसारपसार गरिरहेकाे अवस्थामा संचार सेट सहित पक्राउ परेका छन् । भन्सारमा कार्यरत सशस्त्र प्रहरी तस्करीमा संलग्न भएको भनी केही दिन अगाडि निरीक्षक रबिन्द्र भट्ट बाहेक अरू सबै गणमा तानेर नयाँ पठाए पनि तस्करी राेकिनुकाे साटो झन् ठूलो मात्रामा चलेको छ। भाेला र मुन्नाकाे काम व्यापक छ।


सशस्त्र प्रहरी बलका दुई जना प्रहरी लागूऔषध काराेवार गरेको अभियाेगमा पक्राउ परेका छन् । पर्सा स्थित १३ नम्बर गण अन्तर्गत बिअाेपी लावाहाठकरी सबैठुवामा कार्यरत सहायक हवल्दार लालबहादुर गुरूङ र सिपाही बिशाल आलेमगर लागूऔषध काराेवार गरिरहेकाे अवस्थामा पक्राउ परेका हुन ।

नेपाल प्रहरीले शंकराचार्य गेट नजिकै चेकजाँच गर्ने क्रममा उनीहरू संचारसेट र माेटरसाइकल सहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।ना ४४ प ४३११ नम्बरको माेटरसाइकलमा चढेका उनीहरूकाे साथबाट ब्राउनसुगर सहित अन्य लागूऔषध बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

दुई दिन अघिमात्र पनि बारामा कार्यरत सशस्त्र प्रहरी लागूऔषध सहित पक्राउ परेका थिए। जवान लागू अाैषध ब्राउन सुगर सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा सशस्त्र प्रहरी जवान माेहन कुंवर रहेका छन् । बारा स्थित १२ नम्बर सशस्त्र प्रहरी गणमा कार्यरत कुंबर उपचारका लागि भनी काठमाडौ जाने भनी बिदा लिएर बसेका थिए । बुधबारबाट बिदा लिएका उनी बिहीबार बिरगंजमा ब्राउन सुगर सहित पक्राउ परेका हुन ।


केही दिन अगाडि शंकराचार्य गेट नजिकै रहेको भन्सार बीओपीमा ड्युटी खटिएका ४ जना सशस्त्र प्रहरीलाई अनियमितताको आरोपमा गणमा छानबिनका लागि तानिएको थियो । बीओपी भन्सारको गेटमा तैनाथ ४ जना सशस्त्र प्रहरीले घुस लिएको सूचना बिहीबार साँझ १३ नम्बर गण पर्साले पाएपछि एसपी सुमन थपलियाले डीएसपी सुमन थापाको टोली अनुगमनका लागि पठाएका थिए ।डीएसपी थापाको टोलीले भन्सारमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीको शरीर खानतलासी गर्दा सूचना अनुसार नै अनियमिततामा संलग्न भएको प्रमाण भेटिएपछि उनीहरुलाई गणमा तानेर छानबिन सुरु गरेको थियो । बीरगंज भन्सार बीओपी सशस्त्रको सबैभन्दा आकर्षक मानिन्छ ।

 केही दिन अगाडि पर्सा स्थित १३ नम्बर गणका घुमुवा सहायक हवल्दार जितेन्द्र सहनी बर्दिबास स्थित बाहिनीमा तानिएका थिए ।उनले एउटा रेष्टुरेन्टमा बसेर आइजिपी राजु अर्याल र एसपी सुमन थपलियाको बारेमा बोलेको भिडियो कुरा सार्वनिक भए पछि बाहिनी तानिएका हुन ।रेष्टुरेन्टमा बसेर उनले भनेका थिए पर्साको एसपी सुमन थपलिया चिफ सापको दाहिने हात भएकोले हामीलाई कसैले केही गर्न सक्दैन भन्दै गरेको कुरा भिडीयोमा छ।एसपी थपलियाले असईको कमान्डमा चार जनाको घुमुवा टोली परिचालन गरेका थिए । ती घुमुवाहरूमा असईहरू गजेन्द्र राउत , रामकेवल राय यादव बरिस्ठ हवल्दार जितेन्द्र यादव र सहायक हवल्दार जितेन्द्र सहनी थिए ।

सम्बन्धित समाचार