टंगालबाट भद्रकालीतिर लागे मिटर ब्याज पीडित

18.4k Shares

काठमाडौं, १४ चैत आफूहरूको समस्या समाधानको माग राख्दै आन्दोलनमा उत्रिएका मिटर ब्याज पीडितहरू काठमाडौंको टंगालमा धर्ना सकेर भद्रकालीतिर लागेका छन्

उनीहरूले भद्रकालीमा धर्ना दिने बताएका छन् । बर्दिबासबाट पैदल यात्रा गर्दै काठमाडौं आएका उनीहरूलाई प्रहरी महानगरीय प्रहरीले खुल्लामञ्च प्रवेश गर्न रोकेका थिए

त्यसपछि सडकमै रात बिताएका उनीहरूले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिन भनेर अघि बढेका थिए तर उनीहरूलाई प्रहरीले टंगालमै रोकेको थियो त्यसपछि उनीहरू टंगालमै धर्ना बसेका थिए

टंगालमै आएर मुख्यसचिवले उनीहरूलाई धर्ना स्थगित गर्न आग्रह गरेका थिए तर उनीहरूले प्रधानमन्त्रीलाई आफ्ना पीडा सुनाउने बताएका थिए । आफूहरूका माग पूरा नभएसम्म प्रदर्शन नरोकिने उनीहरूले बताएका छन्

सम्बन्धित समाचार