घट्यो सुनचाँदीको मूल्य

17.6k Shares

काठमाडौं, १३ चैत । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । यसअघि आइतबार ६०० रुपैयाँले घटेको सुन सोमबार पनि २०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । 

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, साेमबार चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। साेमबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार