महालक्ष्मी क्याम्पस लुभुमा नेविसंघले मा¥यो बाजी

24.3k Shares

ललितपुर । नेपाल विद्यार्थी संघ ललितपुर जिल्लामा सरोज घोरसाइनेले अध्यक्षता सम्हालेपछि विगतमा अखिलले जित्दै आएको क्याम्पसहरुमा नेविसंघले बाजी मार्न सफल बनेको छ ।

घोरसाइनेले नेविसंघको अध्यक्षता सम्हाले यता उनको मेहनत र खटाईका कारण विगतमा अखिलले जित्दै आएको महालक्ष्मी क्याम्पस लुभुमा सर्वसम्मतमा नेविसंघका अध्यक्ष, सचिव र चार सदस्य लिन सफल बनेका छन् । 

ललितपुर जिल्लाको अन्य क्याम्पसहरुमा पनि सर्वसम्मतका लागि पहल गरिरहेको अध्यक्ष घोरसाइनेले बताएका छन् ।

महालक्ष्मी क्याम्पस नेविसंघको तर्फबाट रणबहादुर बोहोरा, सचिवमा भुवन साउदसहित चार सदस्य नेविसंघले लिन सफल भएको छ । ११ जना कार्य समितिमध्ये ६ जना नेविसंघले लिन सफल भएको हो । 

त्यस्तै, उपसभापतिमा अखिल क्रान्तिकारीका रोजिना गिरी सर्वसम्मत भएकी छिन् भने अखिलबाट सहसचिव निशा खड्का र कोषाध्यक्षमा मनिष सिवाकोटी रहेका छन् । सदस्यहरुमा रमिला राई, विनय नेम्कुल, नविन दनुवार, विनिता सेञ्चुरी, ऋतु कुँवर, गंगा सापकोटा रहेका छन् ।

सम्बन्धित समाचार