मन्त्रिपरिषद हेरफेरमा प्रचण्डको असन्तुष्टि

18.6k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार साँझ मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ । मन्त्रिपरिषद हेरफेरबारे अर्का अध्यक्ष पुष्पकमल दाहालको असन्तुष्टि बाहिरिएको छ । दाहालले यसमा आफ्नो सहमति नभएको कुरा बताएका छन् । उनको सचिवालयले दिएको जानकारीअनुसार मन्त्रिपरिषद हेरफेरमा अध्यक्ष दाहालको पूरै असन्तुष्टि छ ।

सम्बन्धित समाचार