थप २ हजार ६ सय ३८  जनामा कोरोना भाइरस संक्रमण

17.3k Shares

काठमाडौं । पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

तीमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ ५४८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ । 

सम्बन्धित समाचार