हिउँदका बाँकी तीन महिना : कम वर्षा, बढी न्यानो

10.2k Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिउँदयामको सम्भावित मौसमी अवस्था अद्यावधिक गर्दै आगामी तीन महिना कम पानी पर्ने जनाएको छ ।

यसअघि असोज १५ देखि पुस १६ देशका धेरै स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको विभागले अहिले फेरि मंसिर १६ देखि फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम पानी पर्ने जनाएको छ । अधिकतम र न्यूनतम तापक्रम भने असोज १५ देखि फागुन १६सम्मै सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।

यसैगरी अधिकतम र न्यूनतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने उल्लेख थियो । तापक्रमको प्रक्षेपण मिले पनि वर्षाको सवालमा भने विभागको प्रक्षेपण मिलेको देखिएको छैन । किनभने असोज १५ यताका अधिकांश दिन सुक्खा छन् ।

यद्यपि जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल भने डिसेम्बर महिना अझै बाँकी रहेकाले पानी पर्न पनि सक्ने बताउँछिन् । ‘पश्चिमी वायुको प्रभावले आजै पश्चिम तिर पानी परेको छ,’ डिसेम्बर महिनासम्म हेरौं न,’ उनले भनिन् ।

सम्बन्धित समाचार