घट्यो डिजेल र ग्याँस खपत

18.6k Shares

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनाको  अवधिमा खाना पकाउने एलपी ग्यासको  खपतमा ७ प्रतिशतले कमी आएको छ । विद्युत प्राधिकरणले विद्युत उत्पादन बढाएसँगै इन्डक्सन चुलोको प्रयोग बढ्दा  ग्याँस खपतमा  कमी आएको हो । चालु आर्थिक वर्षको साउन देखि माघसम्म २ लाख ९६ हजार ५१ मेट्रिक टन ग्यास खपत भएको छ ।  इन्डक्सन चुलोको प्रयोग बढ्नाले एलपी ग्यासको खपतमा कमी आएको हो । यस्तै माघ महिनामा करिब ४० हजार मेट्रिक टनको ग्यास खपत भएको  आयल निगमको भनाई छ । इन्डक्सन चुलोमा प्रयोमा बढ्नाले ग्याँस खपतमा वार्षिक रुपमा व्यहोर्दै आइरहेको २ अर्ब घाटा सन्तुलनमा आउने  निगम बताउँछ । वार्षिक ५५ अर्ब भन्दा बढी ग्यास खपतको लागि रकम बाहिरने गरेको छ ।

यता नेपाल विद्युत प्राधिकरणले पनि इन्डक्सन चुलो तथा विद्युतबाट चल्ने सवारीसाधनको प्रयोगलाई बढाउन सबस्टेसन निमार्णको कार्यलाई तीव्रता दिएको छ  । गत बुधबार भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मुल्य सुची अनुसार ग्याँसमा ३ सय ३९ रुपैँया बढेर आएको छ भने  पेट्रोलको मुल्य भने घटेको छ । यद्यपि नयाँ मुल्य सुची अनुसार ग्याँसको मुल्य बढेर आएपनि पेट्रोलियम पद्धार्थको मुल्यमा थपघट नहुने निगमले जनाएको  छ । हालको स्वचालित मुल्यमा उपभोक्तालाई खरिद गर्न पनि निगमले सुचित गरेको छ । पेट्रोल, डिजेल, मट्टितेल हवाई इन्धनमा  आर्जन गरेको नाफा, ग्याँसमा भइरहेको नोक्सानीमा सन्तुलन गरिएको निगमको भनाई छ । यस्तै अर्कातिर निर्माण क्षेत्रमा सुस्तता आउनु र डिजेल  नेपालभन्दा भारतमा सस्तो पर्ने भएकाले  भन्सार विभागको  तथ्यांक अनुसार डिजेल खपत २७ प्रतिशतले घटेको निगम स्वीकार्छ ।

सम्बन्धित समाचार