बारा । कोरोना भाइरस महामारी फैलिरहेको अवस्थामा प्रहरीकै सहयोगमा सिमा नाकाहरुमा तस्करी मौलाउँदै आएको छ । बाराको बलिरामपुर, छतवा, मटीअर्वा, बसतपुर, आमवा, पचगछिया, सिम्रौणगढ, कचोर्वा नाकाबाट व्यापक रुपमा कपडा, हार्डवेयर, भैसी, सुर्ति, छोकडा, मरिच, केराउ लगायतको तस्करी बढेको छ ।
सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तस्करी कार्य फस्टाएको छ । बाराको कान्तिपुर बरैनिया, बलिरामपुर नाका हँुदै तिन ग्रुपमा भैसी र कपडाको काम भइरहेको छ । रातिको समयमा स्थानीय प्रहरीले रुट हेर्ने र त्यस पश्चात तस्करीको कार्य सुचारु गरेका छन् र तस्करी बाराको मटीअर्वा र आमवा नाका हँुदै अवैध रुपले कपडाको तस्करी भइरहेको छ । मल र कवाडको तस्करीमा नाम कमाएका तस्कर त्रिभुवनले कपडाको तस्करी कार्य तिब्र रुपले गरेका छन् । प्रहरी चौकी र सशस्त्र प्रहरीको कमाण्डरलाई लाखौ रुपैयाँ मासिक बुझाए पश्चात त्रिभुवनले तस्करी कार्य गरेका हुन् ।
बाराको मुसहर्वा नाका हँुदै भैसीको तस्करी गर्ने सन्तोषले ड्यूटीमा खटिएका प्रहरीलाई मासिक बुझाए पश्चात भैसी भित्र्याउने गरेको बताए । त्यस्तै बाराको कचोर्वा र पचगछिया हुँदै छ जनाको तस्कर समुहले कपडाको तस्करी कार्य गरिरहेका छन् ।