किशोरीलाई बन्धक बनाएर दुर्व्यवहार गरेको आरोपमा ललितपुरबाट पक्राउ परे चिनियाँ नागरिक, पाँच किशोरकी उद्धार

16.1k Shares

काठमाडौं। नेपाली किशोरीहरूलाई बन्धक बनाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकलाई ललितपुरबाट पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले किशोरीहरूलाई दुर्व्यवहार गरेको आरोपमा चिनको फुजियान सेमावाङका ४९ वर्षीय याङ लि मिङलाई पक्राउ गरेको हो। 

मिङलाई भैंसेपाटीबाट पक्राउ गरिएको हो। उनले विभिन्न प्रलोभनमा पारेर ती किशोरीहरूलाई पोखरा तथा झापादेखि काठमाडौंमा ल्याएर आफू बस्ने कोठामा बन्धक बनाएर राखेको आरोपमा पक्राउ गरिएको परिसर ललितपुरका प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए। 

‘ती चिनियाँको घरबाट ५ जना किशोरीहरूको उद्धार समेत गरिएको छ,’ उनले भने, ‘अहिले बन्धक बनाई बलात्कार मुद्दामा अनुसन्धान गरिरहेका छौं।’

अहिले म्याद थप गरी अनुसन्धान गर्ने काम भइरहेको उनले बताए।

सम्बन्धित समाचार