बिहेभोज खाएर फर्किदै गर्दा भीरबाट लडेर मृत्यु

18.4k Shares

काठमाडौं/मकवानपुरको इन्द्रसरोवरमा शनिबार बिहेभोज खाएर फर्किने बेलामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । 

इन्द्रसरोवर गाउँपालिका–२ डाँडाघरका ५३ वर्षीय तीर्थ लामाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

छिमेकीको घरमा बिहेमा गई भोज खाएर घर फर्किने क्रममा उनी भीरबाट झण्डै ४० फिट तल खसेका थिए । 

लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार