कोरोनाबाट थप ११ जनाको मृत्यु 

15.5k Shares

काठमाडौं  पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । मृतकमध्ये ४ जना काठमाडौं उपत्यकाका छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंमा ६८ र ७८ वर्षीय पुरुष छन् भने भक्तपुरका ६८ र ललितपुरका ४८ वर्षीय पुरुष छन्  

त्युस्तै, सुनसरीका २७, ५० र ५६ वर्षीय पुरुष र बाँकेकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ । यसैगरी, रूपन्देहीका ४२, ५५ र ८० वर्षीय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  

नेपालमा पछिल्लो २४ घण्टायता १९११ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७९७२८ जना पुगेको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२४४४ वटा पीसीआर परीक्षण गरिएको छ। यससँगै हालसम्म १०३३९४७ वटा पीसीआर परीक्षण भएको छ

पछिल्लो २४ घण्टामा ९६१ जना निको भएका छन् भने हालसम्म संक्रमणबाट निको हुनेको संख्या ५७३८९ जना पुगेको छ

हाल सक्रिय संक्रमितको संख्या २१८३०  । त्यसमध्ये संस्थागत आइसोलेसनमा १०७६१ र होम आइसोलेसजमा ११०६९ जना रहेका  छन्  

त्यस्तै क्वारेन्टिनमा ५०७७ जना छन्। साथै २२० जनाको आईसीयूमा र २५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ

सम्बन्धित समाचार