इजरायली श्रम बजार नेपालीका लागि खुला   

16.2k Shares

काठमाडौँ :  इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएसँगै इजरायली श्रम बजार नेपाली युवाका लागि खुला भएको नेपाल इजरायलबीच इजरायली परराष्ट्र मन्त्रालयमा बुधबार रोजगारीसम्बन्धी सम्झौतामा हस्तक्षर भएको     
    
सम्झौतामा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य इजरायलको तर्फबाट त्यहाँका परराष्ट्रमन्त्री गाबी आस्खेनाजीले हस्ताक्षर गर्नुभएको यसले केयर गिभर, कृषि, होटल रेष्टुरेष्ट, निर्माणलगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ यद्यपि, प्रत्येक क्षेत्रका लागिइम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने तेलअविवस्थित नेपाली दूतावासले जनाएको     
यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालबाट केयरगिभर ल्याउनेसम्बन्धीइम्प्लिमेन्टेसन प्रोटोकलमा छिट्टै सम्झौता हुने दूतावासको भनाइ त्यसका लागि नेपालका लागि इजरायली राजदूत सम्बन्धित नेपाली अधिकारीबीच सो प्रोटोकलमा काठमाडौँमा हस्ताक्षर हुनेछ तत्पश्चात् केही महिनाभित्रै पहिलो चरणमा ५०० नेपाली रोजगारीका लागि इजरायल जानेछन्     
    
यसैगरी इजरायली अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको तत्वावधानमा नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउनएग्रिकल्चर सेन्टर अफ एक्सिलेन्सस्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालमा कृषि पूर्वाधार निर्माणले तीव्रता पाउनेछ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने विश्वास गरिएको यसले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको     
    
केही दिनअघि नेपाल सरकारले इजरायलसँग रोजगारी कृषिसम्बन्धी सम्झौता गर्नका लागि इजरायलका लागि नेपाली राजदूत शाक्यलाई अख्तियारी दिएको थियो सम्झौतामा हस्ताक्षर हुनुअघि राजदूत शाक्य इजरायलका परराष्ट्रमन्त्री आस्खेनाजीबीच द्विपक्षीय भेटवार्ता भएको थियो भेटमा दुई देशबीच आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा विचारविमर्श भएको दूतावासले जनाएको     
    
राजदूत शाक्यले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकका लागि इजरायलको कृषि, सेवा, निर्माणलगायत रोजगारीका क्षेत्र पनि खुला गर्न आग्रह गर्नुभएको थियो प्रतिउत्तरमा इजरायली परराष्ट्रमन्त्री आस्खेनाजीले नेपालसँग सहकार्य गर्न अत्यन्तै इच्छुक रहेको बताउनुभएको नेपाली दूतावासाले जनाएको

सम्बन्धित समाचार