रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारलाई धक्का

13.6k Shares

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सातदलीय गठबन्धनको प्रचण्ड सरकारबाट डेढ महिना नपुग्दै बाहिरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो । बैठकको निर्णयपछि पत्रकार सम्मेलन गरेर सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राखेर सरकारबाट बाहिरिएको घोषणा गरे । रास्वपाले सरकार छाडेसँगै सातदलीय गठबन्धन सरकारमा धक्का पुगेको छ । 

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले सांसद र मन्त्री पद नरहने निर्णय गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः नागरिकता प्रमाणपत्र लिएर गृहकै दौडमा लागेका थिए । उनले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई शुक्रबार नै बैठक बसेर सरकार छाड्ने चेतावनी दिए पनि प्रधानमन्त्री प्रचण्डको आश्वासनपछि दुई दिन पर्खने निर्णय गरेको थियो ।नेपालसमाचारपत्र 

सम्बन्धित समाचार