सर्वदलीय बैठकमा ओली र लेखकबीच भनाभन भएपछी ओली भए रफुचक्कर

23.4k Shares

काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकबीच भनाभन भएको छ ।

बैठकमा एमाले अध्यक्ष ओलीले कांग्रेसले सत्तारुढ दलबीच खेल्न खोजेको र त्यसैका लागि केन्द्रदेखि प्रदेशसम्म विश्वासको मत दिइरहेको आरोप लगाएपछि लेखक प्रतिवादमा उत्रिएका हुन् ।

विश्वासको मत दिएर कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतसमेत गुमाएको टिप्पणी ओलीले गरेपछि प्रतिवादमा उत्रिएका लेखकले राष्ट्रपतिकहाँ बुझाएको समर्थनमा आफूहरुको हस्ताक्षर नभएको भन्दै प्रतिपक्ष दल नै भएको जिकीर गरेका थिए ।

सत्ता साझेदार दलहरुमा राष्ट्रपति र सभामुखसहित सबै संवैधानिक पदमा सहमति भइसकेकाले आँखा नलगाउन मात्र होइन प्रयास नै नगर्न ओलीको चेतावनी थियो ।

लेखकले भने आफूहरु प्रतिपक्षमै रहेको भन्दै संविधान र अहिलेको आवश्यकतालाई हेरेर विश्वासको मत दिएकाले सत्तामा खेल्ने कुनै रहर नभएको बताएका थिए ।

लेखकसँग सवाल–जवाफ भएपछि ओली भने बैठक छाडेर हिंडेका थिए । 

सम्बन्धित समाचार