टाउको दुख्दा अनेकौ तरिकाबाट दुख्ने गर्छ । कसैलाई हल्का—हल्का दुख्ने, कसैलाई चर्को दुख्ने, कसैलाई आधा मात्र दुख्ने, कसैलाई पुरै दुख्ने हुन्छ । कसैको टाउको दुखाई पाँच दश मिनेटमा समाप्त हुन्छ, कसैको हप्तौ या महिनौसम्म भोग्नुपर्ने हुन्छ । कसैलाई चर्को टाउको दुखेर भोमिट भएपछि कम हुने पनि हुन सक्छ । कसैलाई आराम गरेपछि कम हुने पनि हुन सक्छ । यी सबै टाउको दुख्दा खेरीको लक्षणहरु हुन् । साँचो कुरा त यो हो कि टाउको दुखाई एउटा लक्षण हो, रोग होईन । टाउको दुख्नुका विभिन्न कारणहरु हुन सक्छन् :-
१. कब्जीयतको कारणले हुने टाउको दुखाई:
वास्तवमा कब्जीयत भनेको चौविस घण्टामा एकपटक खलास महशुुस हुनेगरी दिसा नहुनु हो । यसको अर्थ दैनिक दिसा भएर पनि खलास महशुस हुनेगरी दिसा हुदैन भने त्यो कब्जीयतको अवस्था हो । कब्जीयतको कारणले पनि चर्को टाउको दुख्ने, ग्यास बन्नेलगायत सम्पुर्ण समस्याहरु आउँछन् ।
उपाय :- छोक्रा, बोक्रासहित प्राकृतिक आहार खाने ।
– माछा, मासु, अण्डा, दुग्ध पदार्थ मैदाबाट बनेका परिकारहरु नखाने ।
– खाँना खाँदा शान्त भएर राम्रोसँग चपाएर खाँने ।
– दिसा गर्दा नकन्ने ।
– उठ्ने बितिकै उत्तेजक गतिबिधि नगर्ने, चिन्तामा नडुब्ने ।
– राती राम्रोसँग निदाउने ।
– तीन बराबर आहारले कब्जीयत सजिलै निवारण हुन्छ ।
२. शरीरमा पित्त प्रकोप हँुदा हुुने टाउको दुखाई :
पीरो, अमिलो, नुनिलो, तारेभुटेका कुराहरु, चिया, कफि, मह, कागती, अमिलो अचारहरु, गरम मसलाहरु, छोकडा, किसमिस, खजुर, सुख्खा भुटेको पोलेको चिज, कोदो बढि खाने धुम्रपान, मध्यपान बढि गर्नेलाई आहारबाट, घाममा बढि बस्दा विहारबाट र घृणा, ईष्या, क्रोध, उत्तेजनाजस्ता विचारबाट पित्त प्रकोप भई टाउको दुख्ने लक्षण देखापर्छ ।
उपाय :- शरीरमा पित्त बढेर टाउको दुखेको छ भने आहारमा पित्तबद्र्धर्क आहार बन्द गरेर हल्का कफ बद्र्धक आहार सेवन गर्र्र्र्नु पर्दछ ।
– घाममा बस्ने कम गर्ने, धुम्रपान, मध्यपान बन्द गर्ने ।
– तात्कालिक उपचारमा टाउकोमा चिसो पानीको पट्टी वा चिसोपानीमा टाउको डुवाउन सकिन्छ ।
३. शरीरमा कफ प्रकोप हुँदा हुने टाउको दुखाई :
गुलियो, चिल्लो, नुनिलो, लेसिलो र ढिलो पच्ने पदार्थ बढि खानाले, दिउसो सुत्ने परिश्रमको काम नगर्ने, एकै ठाउँमा धेरैबेर बसिरहनाले कफ प्रकोप हुन्छ । यी बाहेक कफ प्रकोप गर्ने आहारमा दुध, दहि, ध्यु, चिनीबाट बनेका परिकारहरु जस्तै मिठाई ¥याल्ल र प्याल्ल परेका खानाले, अल्छी गर्नाले कफ प्रकोप भई रुघा लाग्ने, टाउको दुख्ने हुन सक्छ ।
उपाय :- कफ प्रकोप भएको छ भने आहारमा हल्का पित्तबद्र्धक आहारको सेवन गर्ने जस्तै कोदोको सुप, छोकडा किसमिसको जाउलो, ताजा तरकारीको सुप, मह कागती पानी, तातो मmोलिलो आहार, ज्वानो पानी, बेसार पानी, आदि लिन सकिन्छ ।
– शरीर तात्ने गरी पसिना आउने गरी ब्यायाम गर्ने, घाममा बस्ने, बिहानको खुला हावामा हिँडडुल गर्ने ।
– रुघासँग खोकी पनि छ भने काँचो चिज पनि नलिने, सलाद पनि उसिनेको मात्र लिने ।
– खानामा कार्वाेहाईड्रेडको मात्रा कम गर्ने ।
४. माईग्रेनको कारणले हुने टाउको दुखाई :
यसमा हुने टाउको दुखाई ३–४ दिन वा हप्तादिन वा २–४ हप्ता बिराएर बेगको रुपमा हुने र घण्टौंसम्म कायम रहने हुन्छ । यो दुखाई अक्सर एका पट्टीको कन्चटमा घोचे जस्तो भई शुरु हुन्छ । चल्नाले उज्यालोमा पर्नाले, हल्का सुन्नाले बढी बोल्नाले दुखाई बढ्छ । दुखाईसँगै बान्ता भएमा दुखाई केहि कमहुन्छ ।
उपाय:
तिन बराबर आहार (एकभाग अन्न, एकभाग हरियो तरकारी र एकभाग काँचो सलाद फलफुल) लिनुपर्छ । उचित विचार गरी तनाबबाट अलग हुनुपर्छ । खानामा माछा, मासु, अण्डा, दुग्धपदार्थ र मैदाबाट बनेका परिकार, चिनी र पित्तबद्र्धक आहार बन्द गरेर सादा न्युट्रल (न बात, न पित्त, न कफबद्र्धक) आहार लिनुपर्छ । शारीरिक र मानसिक रुपमा शान्त रहँदा जस्तो सुकै ठूलो माईग्रेन पनि ठीक हुन्छ ।
५. चर्को ज्वरोको कारणले हुने टाउको दुखाई :
शरीरमा रहेको बिकार निस्कासन हुनको लागि तीब्र रोग लाग्छ । झाडाबान्ता र रुघाबाट शरीरमा रहेको बिकारको निष्कासन हुनसकेन भने ज्वरो आउने हो । ज्वरोको सामान्य मापदण्द ९८.६ डिग्री फरेनहाईट हो । त्योभन्दा बढी या कम तापक्रम हँुदा समस्या हुने गर्दछ । जुनसुकै ज्वर शुरुमा सामान्य ज्वरोनै हुन्छ तर ज्वरोमा अनुचित आहार, बिहार र बिचार गर्दा ज्वरो बिग्रने हो । ज्वरो आउँदा पनि चर्को टाउँको दुख्ने गर्छ ।
उपाय :
– उपवास: घण्टा घण्टामा मनतातो पानी, गर्मीमा चिसो पानी पिउन सकिन्छ तर चिसोपानी पिउँदा घाँटी नदुखेको हुनुपर्छ ।
– रसाहार: फलफुलको रसमात्र पीएर बस्ने, फलफुलमा मौसमको रस बेस हुन्छ ।
– महपानी: सामान्य ज्वरोमा महकागती पानी लिन सकिन्छ ।
– फलाहार: फलफुलमा मौसम लिन सकिन्छ ।
ज्वरो कम भईसकेपछि जाउलो आहारबाट शुरुगरी सामान्य ३ बराबर आहारमा जानुपर्छ ।
सावधानी : हेपाटाईटिसको ज्वरो र टी.वी.को ज्वरोमा भोकै बस्न मिल्दैन । हेपाटाईटिसको ज्वरोमा पित्तबद्र्धक आहार र प्रोटिन प्रधान आहार बन्द गरेर उचित आराममा रहँदा छिटै ज्वर ठेगानमा आउँछ भने टी.वी.को ज्वरोमा उचित आहारसहित औषधीको प्रयोग गर्नुपर्छ ।
६. उच्च रक्तचाप र निम्न रक्तचापको टाउको दुखाईः
उच्च रक्तचापः
मुटु खुम्चिन्दा सिस्टोलिक प्रेसर १४० एमएमअफएचजी र मुटु फुक्दा डायस्टोलिक प्रेसर ९० एमएमअफएचजी भन्दा माथि भएमा उच्च रक्तचाप भन्ने गरिन्छ । यसमा पहिलो लक्षण नै टाउको दुख्ने, टाउको भारी हुने लक्षण देखापर्छ ।
उपाय :
आहारमा माछा, मासु, अण्डा, दुग्ध पदार्थ र मैदाजन्य पदार्थ बन्द गर्ने । चर्को नुन, मसला, तारेभुटेका कुराहरु, पीरो, अमिलो, नुनिला,े अचार, चिया, कफि, धुम्रपान, मद्यपान, बन्द गर्नु पर्छ । फलमा अनार नलिनु बेस हुन्छ । उचित बिहारमा आरामा रहने, उचित विचारमा शारीरिक र मानशिक रुपमा शान्त रहने । घबराहट, हतारो, चिन्ता, रीसजस्ता उत्तेजनाबाट परबस्ने ।
निम्न रक्तचाप :
सिस्टोलिक प्रेसर ९० र डायस्टोलिक प्रेसर ६० भन्दा मुनि भई, रिगंटा लाग्ने टाउको झुम्म हुने लक्षण छ भने मात्र प्रेसरले हुन्छ यी लक्षण छैन भने माथिको प्रेसर पनि सामान्य प्रेसर नै हो ।
उपाय : आहारमा झोल आहार प्रशस्त लिने, जीवनजल, नुन, चिनी पानी, तरकारीको सुप अनारको जुस ताजा तरकारीको र फलकोरस प्रशस्तै लिने । टन्न खाएर आराम गर्दा प्रेसर लोको टाउको दुखाई सजिलै ठिक हुन्छ ।
७. शरीरमा पानीको कमिले हुने टाउकोे दुखाईः
पानी उचित आहारको अनिवार्य घटक हो तर ठोस आहारसँगै पानी लिनु हँुदैन । पानीको कमी भएमा पनि चर्को टाउको दुख्छ । सामान्यतः हामीलाई गर्मीमा तिनदेखि साढे तिन लिटर र जाडोमा दुईदेखि साढे दुई लिटर पानीको आवश्यकता पर्छ । ऋतुअनुुसार र परिश्रम अनुसार पानीको आवश्यकता पर्नै भएकोले त्यो अनुुसारको पानीको सेवन गर्नुपर्छ ।
८. अनिन्द्रा, तनाब चिन्ता र भयको कारणले हुने टाउको दुखाई :
बेलामा सुत्नु, बेलामा उठ्नु, स्वास्थको लागि अनिवार्य कुरा हो भन्ने प्रमाणित भईसकेको छ । सामान्यतः एक वयस्कको लागि ६–८ घण्टाको निन्द्रा आवश्यकता पर्छ । निन्द्रा राम्रो भएन भने पनि टाउको दुख्ने, अपच हुने, समस्याहरु आउँछ । राती सुत्न नमिल्ने अवस्था हो भने दिउँसो भए पनि सुतेर निन्द्रा पुरा गर्नु पर्छ ।
उपाय:- सबैभन्दा मुख्य कुरा निदाउने प्रयास नै नगर्ने, आफ्नो काम सुत्ने भनेर शरीर शिथिल गरेर सवाशनमा पल्टने ।
– तनाव, चिन्ता, भय र अनिन्द्रा सबै विचार ढाँचासँग सम्बन्धित समस्या हुनाले यसलाई ठीक गर्न विचार ढाँचा ठीक गर्नु नै उत्तम उपाय हुन्छ । लोभ, मोह, घृणा, रीस, चिन्ता, ईष्या, बेइमानीजस्ता अनुचित विचारले अरुको मात्र हैन आफ्नो पनि हानी हुन्छ भनेर बोध गर्नु र सदा परकल्याणको मार्गमा लाग्नु नै उचित विचार ढाँचा हो । उचित विचार ढाँचाबाट सबैजसो विचारका समस्या समाधान हुन्छन् ।
९. बिश्रामको अभावले हुने टाउको दुखाईः
परिश्रम गरेपछि शरीरमा थकाईको महशुुस हुन्छ । जब थकाईको महशुुुुस हुन्छ तब आरामको आवश्यकता हुन्छ । शरीरमा परिश्रमपछि आराम पुगेन भनेपनि टाउको दुख्न सक्छ । एक पक्षीय रुपमा आराम मात्रै गरिरहे या परिश्रम मात्रै गरिरहे पनि रोग उत्पन्न हुन्छ त्यसैले यसमा सन्तुलन मिलाउनु पर्छ ।
१०. पिनासको कारणले हुने टाउको दुुखाईः
टाउकोबाट नाकमा खुल्नआउने खोक्राहाडका भित्तहरुको सुजनलाई पिनास भनिन्छ । पिनास हँुदा निधार, टाउको र आखाँ मुनिका हाडहरु दुख्ने हुन्छ ।
उपायः – उपवास, रसाहार,फलाहारले पिनास छिटो निकोहुन्छ ।सुन्तला, मौसमजस्ता फल राम्रो हुन्छ ।
– माछा, मासु, अण्डा दुग्ध पर्दार्थ , चिल्लो, चिसो, चिनी, मैदबाट बनेका चिज, तोरीकासाग च्याउ, पुराना अमिलो अचारहरु ,चिसोगुणका तरकारीहरुमा रामतोरीया प्याज, च्याउ हरियो मकै, तोरीको साग आदि खानुहुदैन ।
– हत्केला सेकाई(रेकी) ले रामवाणको काम गर्छ । टाउकोमा निधारमा कम्तीमा २० मिनेट बढिमा जति सेक्दा नि लाभ हुन्छ ।
११. आँखाको कारणले हुने टाउको दुखाई :
चस्माको पावर नमिलेको कारणले टाउको दुखेको हो भने उचित आहार विहार र विचार मिलाएर ठीक चस्माको प्रयोग पछि दुखाई शान्त पार्न सकिन्छ ।
दृष्टिसम्बन्धि स्नायुको गढबढिले पनि टाउको दुख्ने र दृष्टी कमजोर भएर जाने लक्षण देखापर्छ र यो समस्या पनि अनुचित आहार, विहार र विचारले हुने हुनाले यो समस्यामा पनि उचित आहार विहार र विचारले रोग ठीक हुन सक्छ तर रोगले स्थायी किसिमको अंग नै विकृति भई सकेको भए दृष्टि पुनरस्थापित हुन्छ भन्न सकिँदैन ।
१२. मेनेजजाईटिस र ब्रेनट्युमरको कारणले हुने टाउको दुखाई :
मस्तिक दिमाखको खोल, दिमाखलाई चारैतिर ढाकेर राख्ने खोल सुन्निनुलाई मेनेजजार्ईटिस भनिन्छ । यो रोग अक्सर सानो बच्चाहरुलाई हुन्छ । यो रोगमा पनि चर्को टाउको दुख्ने लगायत अन्य लक्षण देखापर्छ ।
उपाय: अन्य ज्वरोमा जस्तै उपवास, रसाहार, फलाहार, प्रयोग गर्ने । बच्चाहरुलाई दुधको मात्रा कम गरिदिने । एलोपेथीमा एण्टीवायोटिक औषधीको प्रयोग गरिन्छ तर उचित आहार विहार र विचारको प्रयोग नगरिकन औषधिले मात्र यो रोग ठीक हुन सक्दैन ।
ब्रेनट्युमरमा पनि उचित आहार विहार र विचारको प्रयोगले ट्युमर नबढ्ने र अन्य लक्षणहरु कम गर्न सकिन्छ ।
यी माथि बाहेक टाउको दुख्नुका अन्य पनि कारणहरु हुन सक्छन् । जुनसुकै कारणले टाउको दुखेको भएपनि मुल कारण शरीरमा विकारको संकलन हुनु हो । प्राकृतिक चिकित्साको सिद्धान्त अनुसार सबै रोगको कारण नै शरीरमा बिजातिय द्रब्यको संकलन हुनु हो भने निवारण त्यसको निष्कासन हुनु हो । त्यसैले अनुचित आहार विहार र विचारको कारणले सबै रोग आउने भएकोले उचित आहार विहार र विचारबाट टाउको दुख्ने मात्र होइन सबै समस्या सजिलै निवारण हुुुन्छ ।
(डंगोल योग तथा उचित आहार विहार विचार प्रशिक्षक हुन्)