श्रीमतीले सम्बन्धविच्छेद चाहेपछि गाेली हानी सबै परिवारकै हत्या

16.2k Shares

 एनोक (उटाह)/श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । 

साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा यो घटना भएको जानकारी दिँदै प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायी समस्याका कारण हत्या भएको बताउँदै घटनाको विस्तृत विवरण सार्वजनिक गरेन । यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटलेसम्बन्धविच्छेदको निवेदन नै हत्याको कारण हुनसक्ने बताएका छन् । रासस/एपी

सम्बन्धित समाचार