दाेहाेराे शतककाे उत्सव मनाउँदा डेभिड वार्नर घाइते

20.6k Shares

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तीन खेलको टेस्ट सिरिजको दोस्रो खेल मेलबर्नमा भइरहेकाे छ ।मंगलबार खेलको दोस्रो दिन अष्ट्रेलियाका ओपनर डेभिड वार्नरले शानदार दोहोरो शतक प्रहार गरे ।उनले दोहोरो शतक बनाएर आफ्नो १०० औं टेस्टलाई यादगार बनाए ।

टेस्ट इतिहासमा यस्तो गर्ने उनी दोस्रो ब्याट्सम्यान हुन् । यसअघि जो रुटले आफ्नो १००औँ टेस्टमा भारतविरुद्ध दोहोरो शतक बनाएका थिए । २०० रन पूरा गरेपछि वार्नरले उत्कृष्ट सेलिब्रेशन मनाए तर त्यसको महँगो महँगो भयो । वार्नर शतक वा दोहोरो शतक बनाएपछि हावामा उफ्रिने गर्छन् । यसपटक पनि उनले त्यस्तै गर्दा चाेट  लागेकाे छ । हावामा उफ्रिएर भुइँमा खुट्टा राख्दा सिधा उभिन सकेनन् । उनको देब्रे खुट्टामा प्रेसर पर्दा पीडाले कराउन थाले। वार्नरलाई उनका साथी ब्याट्सम्यान ट्राभिस हेडले सहयाेग गरेका थिए  । त्यसपछि मेडिकल टोली मैदानमा पुग्यो । त्यसपछि उनलाई मैदान बाहिर लगियो । वार्नर रिटायर्ड हर्ट भएका छन् । उनले २५४ बलमा २०० रन बनाए । यस क्रममा उनले १६ चौका र दुई छक्का प्रहार गरे । 

अष्ट्रेलियाका लागि खेलको दोस्रो दिन घाइते हुने दोस्रो ब्याट्सम्यान क्यामरन ग्रीन थिए । ८५ औं ओभरको चौथो बलमा उनी घाइते भएका थिए । एनरिच नोर्टजेको १४४.६ किलोमिटर स्पीड बलले ग्रीनको औंलामा चोट लागेको थियो । उनको औंलाबाट रगत आउन थाल्यो । त्यसपछि चिकित्सक टोलीले उनलाई पनि बाहिर निकालेको थियो । उनी खेलमा घाइते हुने तेस्रो अष्ट्रेलियाली खेलाडी बने । वार्नर र ग्रीनको अगाडि फिल्डिङ गर्दा मिचेल स्टार्क घाइते भएका थिए । उनको औंलामा चोट लागेको थियो । ग्रीनको कुरा गर्दा उनले रिटायर्ड हर्ट हुँदा २० बलमा ६ रन बनाएका थिए । योसँगै स्टार्कले पहिलो इनिङ्समा १३ ओभरमा दुई विकेट लिएका थिए । 

दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा १८९ रन बनाएको थियो । पहिलो इनिङ्समा अस्ट्रेलियाको टोली ७५ रनमा दुई विकेट खसेको थियो । ओपनर उस्मान ख्वाजालाई कागिसो रबाडाले भेरेनको हातमा कैच आउट गरेका थिए । उनले एक रन मात्र बनाउन सके । मारान्श लाबुसेन १४ रन बनाएर प्याभिलियन फर्किए । उनी ३५ बलमा १४ रन बनाएर रनआउट भए । दुई विकेट खसेपछि वार्नरले स्टिभ स्मिथको साथमा इनिङको जिम्मा लिएका थिए । दुवैले तेस्रो विकेटका लागि २३९ रनको साझेदारी गरे ।

स्मिथले टेष्टमा आफ्नो ३० औं शतक बनाउन सकेनन् । उनी १६१ बलमा ८५ रन बनाएर प्याभिलियन फर्किए । उनी एन्रिच नोर्टजेले थ्युनिस डे ब्रुइनको हातमा समातिए। स्मिथले अन्तिम शतक यसै वर्ष नोभेम्बरमा बनाएका थिए । त्यसपछि पर्थमा वेस्ट इन्डिजविरुद्ध अविजित २०० रन बनाएका थिए । मेलबर्नमा दक्षिण अफ्रिकाविरुद्धको दोस्रो दिनको खेल समाप्त हुँदा अष्ट्रेलियाले तीन विकेट गुमाएर ३८६ रन बनाएको छ । ट्राभिस हेड ४८ र एलेक्स केरी ९ रनमा अविजित छन् । पहिलो इनिङ्समा अस्ट्रेलियाको टोली १९७ रनले अगाडि छ ।

सम्बन्धित समाचार