नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँको जित निश्चित

23.3k Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि १३ गते दलको कार्यालय हेटौंडामा हुने भएको छ ।
बागमती प्रदेशमा कांग्रेसको २५ जना निर्बाचित र १२ जना समानुपातिक गरी ३७ जना सांसद रहेका छन् । ३७ जना मध्ये बागमती प्रदेश सभापति समेत रहेका  माननीय ईन्द्रबहादुर बानियाँको पक्षमा २५ जना माननीय देखिएको छ भने अर्का दाबेदार बहादुर सिं लामाको पक्षमा १२ जना माननीय देखिन्छ ।
दुबै जना संस्थापक पक्षका हुन् । दुबैजना संस्थापक पक्षकै भएका कारण प्रधानमन्त्री एबम् कांग्रेस सभापति भने मौन बस्ने देखिन्छ । अघिल्लो निर्बाचनमा एमालेको सरकार ३ बर्षमा ढलेपछि एकीकृत समाजबादी पार्टीका नेता राजेन्द्र पाण्डे र कांग्रेस संसदीय दल नेता इन्द्रबहादुर बानियाँ बिच १, १ बर्ष आलोपालो मुख्यमन्त्री बन्ने लिखित सहमति भएको थियो । तर मुख्यमन्त्री पाण्डेले उक्त सहमति पालना गरेनन् । उक्त समयमा बानियाँलाई अन्याय भएको कारण प्रधानमन्त्री देउवाको भित्री सहयोग बानियाँलाई रहने प्रधानमन्त्री निकट एक नेताले बताए ।
बानियाँले बागमती प्रदेशको भौगोलिक राम्रै  बुझेको र बागमती प्रदेशको १३ वटै जिल्लामा संगठन बिस्तारमा सभापति बानियाँको विशेष भुमिका रहेको कांग्रेसका शिर्ष नेताहरुको बुझाई रहेको छ । नेता प्रदेश सभापति भएकै कारण गएको स्थानीय निर्बाचन र अहिलेको प्रदेश निर्बाचनमा कांग्रेस पहिलो पार्टी बनेको प्रदेश माननीयहरुको भनाई रहेको छ । बानियाँलाई कांग्रेस उपसभापति पुर्ण बहादुर खड्का महामन्त्रीद्वय  गगन थापा  बिश्व प्रकाश शर्मा, गृहमन्त्री बालकृष्ण खाँण, एनपि साउद, शंकर भण्डारीलगायत अधिकांस नेताहरुको समर्थन बानियाँलाई   रहेको बुझिएको छ ।
नेता बानियाँलाई कार्यकर्ता संरक्षण गर्ने दोस्रो खुमबहादुर खड्काको रुपमा परिचित छन् । नेता बानियाँ पुर्ब गृहराज्यमन्त्री, पर्यटन तथा संस्कृति राज्यमन्त्री समेत भइसकेका नेता हुन् । नेता बानियाँ एक अनुभवी नेताको रुमा परिचित छन् ।

सम्बन्धित समाचार