काठमाडौं । नेपाली काँग्रेसको
संसदीय दलको निर्वाचनमा विद्यार्थी
राजनीतिबाट उदाएका नेपाली काँग्रेसका महामन्त्री गगन थापामा ठूलै
साहस देखाए । उनले देशको
प्रधानमन्त्री बन्ने हुटहुटी संसदीय दलको नेताको उम्मेदवार
बनेर देखाए । तर, नेपाली
काँग्रेस जस्तो परम्परागत दलभित्र आफूभन्दा उमेरले पाका नेताहरुलाई उछिनेर
बढ्न थापा सफल भएनन् । यद्यपि उनले
एकपछि अर्को साहस देखाउँदै संसदीय
दलको नेताको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्ने निर्णय लिएरै भविष्यमा पार्टी नेतृत्वमा पुग्ने सम्भावना देखाएका छन् ।
काँग्रेसको
केन्द्रीय कार्यसमितिमा र संसदीय दलमा
देउवाको बलियो पकड छ ।
त्यसमाथि उनीसँग विगतमा सभापति पदमा प्रतिष्पर्धा गरिसकेका
रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि जस्ता हस्तीहरु
साथ भएकाले बाजी मारे ।
थापालाई डा. शेखर कोइरालाको
साथ रह्यो । देउवालाई अधिकांश
हस्ती नेताहरुको साथ हुँदाहुँदै गगनले
खुट्टा कमाएनन् । संसदीय दलको
नेतामा आफूभन्दा तीन दशक पाका
देउवासँग प्रतिष्पर्धा गर्न उत्रिए ।
काँग्रेस
संसदीय दलको अंकगणितले देउवालाई
पराजित गर्न गगनले सकेनन् । त्यसमाथि देउवाइतरका
मानिएका कतिपय नेता उनकै पक्षमा
खुले । गगनले प्रदीप
पौडेल र दिपक गिरी
जस्ता नेताको साथ लिन सके । यो प्रतिष्पर्धाले
गगनलाई फेरि अर्को फड्को
दिलाएको विश्लेषण हुन थालेको छ । कुनैबेला काँग्रेसका
तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग शेरबहादुर देउवाले संसदीय दलको नेतामा प्रतिष्पर्धा
गरी पराजय व्यहोरेका थिए । तर, संघर्ष
गर्दा गर्दै देउवा काँग्रेसको सभापति बन्न पुगे ।
दुईवटा महाधिवेशनसम्म पुग्दा काँग्रेसमा झन् बलियो पकड
बनाए ।
देउवाकै
शैलीमा गगन पनि साहसका
साथ बढेका छन् । ५० नजिक
पुगेका उनीसँग अझै उमेर बाँकी
छ । राजनीतिमा नेताले
उचित समयमा जोखिम उठाउनुपर्ने हुन्छ । गगनले विगतमा
दुईपटक महामन्त्रीको उम्मेदवार बनेर जोखिम पनि
नउठाएका होइनन् । पहिलोपटक हारेपनि
दोस्रोपटक जिते । यसपटक संसदीय
दलको नेतामा गगनको उम्मेदवारीलाई राजनीतिक जीवनको अर्को फड्को मान्न सकिन्छ ।
देउवा
भाग्यमानी
नेविसंघको
राजनीतिबाट उदाएका नेता हुन् नेपाली
काँग्रेसका सभापति शेरबहादुर देउवा । देशको पाँचपटक
प्रधानमन्त्री बनिसकेका उनी कहिल्यै लोकप्रीय
नभएपनि गुमनाम भएनन् । देउवासँग फेरि
प्रधानमन्त्री बन्ने आकांक्षा कायमै छ । त्यसैले संसदीय
दलको नेताको उम्मेदवार बनेर जिते ।
डडेलधुराको सामान्य परिवारमा जन्मिएका देउवाले राजनीतिमा निकै आरोह अवरोह
पार गरेका छन् । मुलुक संकटको
घडीमा रहँदा पहिलोपटक देशको प्रधानमन्त्री बनेका थिए । उनी प्रधानमन्त्री
हुँदा नै २०५२ सालमा
माओवादीले जनयुद्ध घोषणा गरेको थियो । अपजसका गह्रुंगो
भारी बोक्नुप¥यो देउवाले ।
प्रतिनिधि
सभा विघटन देखि तत्कालीन राजाले
सत्ता हातमा लिने सम्मको साहस
उनी प्रधानमन्त्री हुँदाकै बखत भयो ।
सत्ता संघर्षका क्रममा निकै अस्वस्थ घटनाहरु
घटे । देउवालाई सत्तामा
पुग्न संयोग र भाग्यले बढी
साथ दियो । गिरिजाप्रसाद कोइरालासँगको
शक्तिसंघर्षका क्रममा उनले काँग्रेस पार्टी
विभाजन गरेको इतिहास पनि छ ।
पछि काँग्रेस पुनः एक हुँदा
कमजोर अवस्थामा रहे । तर, धैर्यताका
साथ संघर्ष गर्दै १३औं महाधिवेशनमा पार्टी
सभापति बने । त्यसपछि चौंथोपटक
प्रधानमन्त्री बनेका थिए । कम्युनिस्टहरुबीचको शक्ति संघर्षले
उनलाई पुनः प्रधानमन्त्री पदमा
पु¥यायो । १४औं महाधिवेशनमा
सभापति निर्वाचित भए । उनी प्रधानमन्त्री
हुँदा भएको निर्वाचनमा काँग्रेसले
विगत भन्दा सुधार्न सक्यो ।
को बन्ला प्रधानमन्त्री
देशले
पौष १० गतेभित्र नयाँ
सरकार पाउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा बहुमत प्राप्त गर्ने सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न
सात दिनको समय दिएपछि पौष
१० गते साँझ ५
बजेसम्म नयाँ सरकारको टुंगो
लाग्ने भएको हो ।
दलहरुबीच प्रधानमन्त्रीको दौड तिव्र भइरहँदा
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको दाबी पेश गर्न
आव्हान गरेकी हुन् । संविधानको धारा
७६ (२) बमोजिम दाबी
पेश गर्न आव्हान गरिएको
उल्लेख छ ।
कुनैपनि
प्रतिनिधि सभा सदस्यले बहुमत
प्रस्तुत गर्न नसके सबैभन्दा
ठूलो दलको संसदीय दलको
नेता प्रधानमन्त्री नियुक्त हुने व्यवस्था छ । तर, त्यस्तो
प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । नसके फेरि
बहुमत पु¥याउने अवसर
दिइन्छ । त्यो सम्भावना
पनि अन्त भएमा प्रधानमन्त्रीले
नयाँ निर्वाचनका लागि राष्ट्रपतिसमक्ष सिफारिश
गर्न सक्ने व्यवस्था संविधानमा छ ।
संसदमा
कसैको पनि बहुमत छैन । संविधान बमोजिम
कुनै पनि दलको स्पष्ट
बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा
बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि
सभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । प्रधानमन्त्रीको दौडमा
गठबन्धनबाट काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका
अध्यक्ष माधवकुमार नेपाल छन् । गठबन्धन बाहिरबाट
प्रधानमन्त्री बन्ने सम्भावना न्यून रहेपनि एमाले अध्यक्ष केपी शर्मा ओली
दाबेदार हुन् ।
गठबन्धनबाटै
प्रधानमन्त्री बनेमा देउवा, प्रचण्ड र माधव नेपालमध्ये
एकको सम्भावना बलियो छ । देउवा आफै
प्रधानमन्त्री बन्ने दाउमा छन् । तर, प्रचण्डले
सार्वजनिक रुपमै दाबी प्रस्तुत गरिसकेका
छन् । उनले देउवालाई
भेटेर समेत बोले ।
विगतमा आलोपालो प्रधानमन्त्रीको समझदारी सम्झाए । अब प्रचण्डले
प्रधानमन्त्रीको दाबी छाडेमात्र देउवाको
सम्भावना बलियो हुन्छ । तर, यी
दुईको विवादमा फाइदा उठाउन माधव नेपाल लागिपरेका
छन् । उनले पनि
प्रस्ताव आउनसक्ने आशा गरिरहेका छन् । विगतमा दुई
ठाउँबाट चुनाव हार्दा प्रधानमन्त्री बनेको इतिहास छ माधव नेपालसँग । यसपटक पनि
उनले यही मौका कुरिरहेका
छन् ।
प्रचण्डले
प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष
केपी शर्मा ओलीसँग हात मिलाउने सम्भावना
नभएको होइन । कम्युनिस्टबीच सहमति
निकाल्ने गरी बढ्न पनि
सक्छन् । तर, तत्का