बिहानै यस्ता विशेष बानीहरुलाई अपनाए स्वस्थ भइने !

17.1k Shares

काठमाडौँ –  हामी हरेक समय कामको पछि दौडिएर आफ्नो स्वास्थ्यमा हेलचक्रयाईँ गरिरहेका हुन्छौ, यसले हामीलाई बिरामी बनाउने मात्र  होइन कार्यक्षमतामा समेत असर पर्छ ।आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन बिहानै केही विशेष बानीहरुलाई अपनाए पनि धेरै फाइदा लिन सकिन्छ ।

दिनमा ८ घन्टा सुत्ने

खाना खाने र पानी पिउने जस्तै अर्को महत्वपूर्ण कुरा हो सुत्ने । धेरै मानिसहरु पर्याप्त निन्द्रा लिँदैनन् जसले उनीहरुलाई कैयौं खालको स्वास्थ्य सम्बन्धि समस्याहरुको सामना गर्नुपर्छ ।

पर्याप्त निदाउँदा निम्न लाभ हुन्छः

-आयु बढ्छ

–स्मरणशक्ति बढ्छ–क्रियाशिलता बढ्छ

–कामप्रति ध्यान केन्द्रित हुन्छ

–शरीरको बोसो कम हुन्छ

 -प्रार्थना गर्ने

ध्यान र प्रार्थनाले मानिसको जीवनलाई सकरात्मकता तर्फ लैजान्छ ।यसैले ध्यान र प्रार्थना जीवनमा अगाडि बढ्नको लागि जरुरी छ ।

- दैनिक तीस ग्राम प्रोटिन सेवन गर्ने

तपाईंले दिनभरको आफ्नो खानामा लगभग ३० ग्राम प्रोटिनको सेवन अवश्य गर्नुपर्छ । प्रोटिनयुक्त खाना खानाले तपाईंको कार्यक्षमता बढ्छ र लामो समयसम्म भोक लाग्दैन यसले ब्लड सुगरको स्तर पनि सन्तुलित राख्छ ।

-चिसो पानीले नुहाउने

चिसो पानीले नुहाउनाले मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ रहन्छ । चिसो पानीले नुहाउनाले मुडफ्रेस बनाउने न्यूरो केमिकल्स निस्कन्छ जसले तपाईंलाई खुसी भएको महसुस गराउँछ । चिसो पानीको स्नान लागि फाइदाजनक हो ।

- अगाडि बढ्नको लागि प्रेरित गर्ने चीज

जीवनमा अगाडि बढ्नको लागि आफैलाई हमेसा प्रोत्साहित गर्नुहोस् । यसैले यस्तो चीज पढन् पर्छ जसले तपाईंको जीवनमा सफल हुनको लागि प्रेरणा मिलोस ।

आफ्नो जीवनलाई अर्थपूर्ण बनाउने लक्ष्य लिनुहोस । यसो गरेमा तपाईं सँधै आफ्नो कामलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रयास गरेर सफलता तर्फ अग्रसर हुनुुहन्छ । एजेन्सी 

सम्बन्धित समाचार