एनआरएन इन्फ्रास्ट्रक्चरले गर्याे लाभांश घोषणा

20.1k Shares

काठमाडाैँ - एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर १६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित कुल ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  । कम्पनीको दशौँ वार्षिक साधारण सभा पौष २० गते, बुधबार हुनेछ । कम्पनीले पौष ५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सम्बन्धित समाचार