14.8k
Shares
काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ४६ पैसा र बिक्री दर १३१ रुपैयाँ ०६ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ ३१ पैसा र बिक्री दर १३५ रुपैयाँ ९४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ५१ पैसा र बिक्री दर १५७ रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।